नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै नेपाल निकाल्यो आफ्नो जित

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ।
टस जितेर नेपालले फील्डिङ रोजेपछि ब्याटिङ गरेको डच टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको थियो। १७५ रनको लक्ष्य नेपालले १९ दशलमल ४ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ५१ बलमा ६ चौकासहित सर्वाधिक ६५ रनको योगदान गरे। त्यस्तै मध्यक्रमका ब्याटर आरिफ शेखले ३९ रन जोड्दा पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका भिम सार्कीले २७ रन बनाए। ​
१९औं ओभरको अन्तिम बलमा दीपेन्द्रसिंह ऐरिको स्ट्राइकमा दुई रन लिने क्रममा आरिफ घाइते हुँदै मैदानबाट बाहिरिएका थिए। त्यसपछि क्रिजमा आएका लोकेश बमले अविजित १२ रन बनाए। पेन्द्रले अविजित १६ रनको योगदान गरे।
नेदरल्यान्ड्सका लागि बेन फ्लेचर, आर्यन दत्त, ज्याक लायन कासे र रोयलफ भान डर मेर्वेले समान एक विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो। ​
नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले ५३ बलमा ६ चौका र पाँच छक्कासहित सर्वाधिक ८६ रनको योगदान गरे। त्यस्तै रोयलफ भान डर मेर्वेले अविजित ३६ रनको पारी खेले।
यसैगरी नवौं नम्बरमा ब्याटिङ गर्न आएका आर्यन दत्तले १७ रन जोड्दा अलराउन्डर साकिब जुल्फिकरले १४ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका लागि करण केसीले चार ओभरमा ४० रन खर्चिँदै सर्वाधिक दुई विकेट लिए। त्यस्तै ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह र सन्दीप लामिछानेले एक एक विकेट लिए।
यो जितसँगै नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो खेलमा बेहोरेको हारको बदला समेत लियो। नेपालले तीन खेलमा चार अंक जोडेको छ। र, नेट रनरेटमा नेदरल्यान्ड्सलाई पछाडि पार्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। डबल राउन्ड रोविनको खेलमा शीर्ष स्थानमा रहने टोलीले शृंखलाको उपाधि जित्नेछ।
नेपाल र स्कटल्यान्डले आज सिरिजको अन्तिम खेलमा खेल्नेछन्। स्कटल्यान्डलाई हराए नेपाल शृंखलाको च्याम्पियन बन्नेछ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.