
थाहा/मकवानपुरको थाहा नगरपालिका–१ स्थित कुन्छालमा एक जना महिलाको हत्या भएको छ । बिहीबार मध्यान्ह ५० वर्षीया तुलमाया गोपालीलाई उनकै छिमेकी देवरले बीभत्स हत्या गरेका हुन् ।
हत्यामा संलग्न आरोपमा ३५ वर्षीय जिबनमान गोपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
धारिलो हतियार प्रहारबाट तुलमायाको टाउको र शरीर छुट्टिएको अबस्थामा भेटिएको छ । हत्यामा संलग्न विमलमान गोपाली मृतकका देवर नाता पर्छन् । घटनाबारे जिल्ला प्रहरीले अनुसन्धान गरिरहेको छ




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan