
हेटौंडा /मकवानपुर – नेकपा (माओवादी केन्द्र) मकवानपुरले जिल्लाका दशवटै पालिकाहरुमा पार्टीको तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरुसॅग स्थानीय सरकारलाई समाजवाद उन्मुख बनाउने बिषयमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ।
जिल्ला समन्वय मकवानपुरको सभाहलमा आज सम्पन्न कार्यशाला गोष्ठीमा पार्टीका केन्द्रीय सदस्य एवं बागमति प्रदेशका स्कुल विभाग ईन्चार्ज सुर्य सुवेदी पथिकले स्थानीय सरकारका जनप्रतिनिधिलाई समाजवाद उन्मुख कार्यक्रम गर्ने तर्फ आवश्यक ध्यान दिन निर्देशित गरेका थिए। नेता सुवेदीले भने, “स्थानीय सरकारले उत्पादनमा प्रचुरता ल्याउने प्रकारको कार्यक्रम लागु गर्न सक्दा मात्र समाजवादको आधारशीला तैयार हुन्छ ।”

त्यसैगरी बागमति प्रदेशका पूर्व सामाजिक विकाश मन्त्री कुमारी मोक्तानले बागमती र थाहा पालिकाले गरेका समाजवाद उन्मुख कार्यक्रमको प्रचार गर्दै थप व्यवस्थित गर्ने तर्फ ध्यान दिन आग्रह गरिन्।
पार्टीका जिल्ला ईन्चार्ज विजय गौतमले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै समाजवादलाई आर्थिक पक्षमा मात्र नअर्थ्याई विचार, राजनीति, आर्थिक- सॅास्कृतिक लगायतको बहुआयामिक प्रणालीबाट बुझ्नु सहि हुने तर्क गरे।
साथै बागमति प्रदेश सभा सदस्य माननीय प्रेमबहादुर पुलामीले समाजवादलाई टेवा पुग्ने गरी कार्यक्रम गर्न स्थानीय सरकारले पुर्याउनु दृष्टीबारे आवश्यक चर्चा गरेका थिए।
कार्यक्रममा उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश पाण्डे, जेष्ठ कम्युनिष्ट मन्चका केन्द्रीय सदस्य रामहरी सुवेदी, जिल्ला समन्वय प्रमुख ललित घलान, बागमति गॅाउपालिकाका अध्यक्ष सर्केश घलान, थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट, बकैया उपाध्यक्ष भक्तबहादुर खत्रि लगायतका निर्वाचित जनप्रतिनिधि एवं पार्टी नेतृत्वले समाजवादी कार्यक्रमबारेका चुनौति र सम्भावनाको चर्चा गरेका थिए।
निर्वाचित पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य र पार्टीका पालिका ईन्चार्ज, अध्य
क्ष सम्मिलित कार्यक्रममा प्रदेश सचिवालय सदस्य बीरबहादुर घलानले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यशाला पश्चात् सबै पालिकामा समाजवाद उन्मुख कार्यक्रम निर्माणको लागि दबाब र जागरण अभियान सन्चालन गर्ने निर्णय समेत गरिएको पार्टी जिल्ला संयोजक भीम पाख्रिनले बताए।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan