माओवादी संसदमा प्रतिपक्ष भए पनि देशका लागि सत्तापक्षको भइरहेको छः पूर्वमन्त्री रेखा शर्मा

माओवादी संसदमा प्रतिपक्ष भए पनि देशका लागि सत्तापक्षको भइरहेको छः पूर्वमन्त्री रेखा शर्मा
सरकार माओवादीसँग प्रतिशोध साध्नेगरी गतिविधि गरिरहेको आरोप
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य रेखा शर्माले संसदमा प्रतिपक्ष भए पनि देश र जनताको हितका लागि सत्तापक्ष जस्तो भइरहेको बताएकी छन् । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको दोस्रो पुर्ण बैठकको बुधबार उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।

प्रतिनिधि सभा सदस्य समेत रहेकी पार्टीको प्रचार विभागका उपप्रमुख एवम पूर्वमन्त्री शर्माले संघीयता र गणतन्त्र तथा संक्रमणकालिन न्यायको पक्षमा माओवादीले सत्तापक्ष जस्तो देखिनुपर्ने अवस्था आइरहेको बताईन । उनले भनिन्, ‘हुन त हामी अहिले संसदमा प्रमुख प्रतिपक्ष हो, तर कुनै कुनै बेला हामी सत्ता पक्ष जस्तो हुनुपर्ने अवस्था छ । संक्रमणकालिन न्याय टुग्याउनुपर्ने जिम्मेवारी हाम्रै काधमा छ ।’ उनले थप्दै भनिन्, ‘संघीयता र गणतन्त्रको चिन्ता माओवादी बाहेक अरु कुनै पनि दललाई छैन । त्यसैले पनि हामी कहिलेकाही सत्तारुढ दल जस्तो देखिनुपरेको छ । संघीयतासँग जोडिएका विधेयक जसरी पनि पारित गर्नुपर्नेछ । त्यसैले हामी सत्तापक्ष भन्दा बढी सत्तापक्ष जस्तो भइरहेका छौ ।’

पूर्वमन्त्री शर्माले वर्तमान सरकार वर्तमान सरकार र प्रतिपक्ष दलसँग प्रतिसोध साध्ने गरी काम गरिरहेको आरोप लगाईन । उनले भनिन्, ‘रबी लामिछाने जस्तै काम गर्ने अरुलाई कारवाही गर्नुपर्छ कि पर्दैन ? गिरीबन्धु टि स्टेट जग्गामा खै छानबिन गरेको ? सरकारले प्रतिशोधका साथ काम गरिरहेको छ ।’

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.