हेटौंडामा भव्य रुपमा मनाइयो अन्तर्राष्ट्रिय योग दिवस

हेटौंडा, २१ जुन २०२५ – अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज हेटौंडामा विशेष योग शिविरको आयोजना गरियो। ‘एक पृथ्वी, एक स्वास्थ्यका लागि योगको महत्व’ भन्ने नारासहित आयोजित कार्यक्रमले मानिसमा योगप्रति चेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले योग अभ्यासबाट प्राप्त हुने शारीरिक र मानसिक स्वास्थ्य लाभबारे जोड दिनुभयो। उहाँले भन्नुभयो दैनिक योगाभ्यासमार्फत स्वस्थ र तन्दुरुस्त जीवन जिउन सकिन्छ।
कार्यक्रमको प्रमुख आयोजक भारतीय महावाणिज्य दूतावास वीरगंज रहेको थियो
साथै सहयोगी संस्थाहरू,नेपाल भारत विश्व मैत्री संघ,डायनामिक पब्लिक लाइब्रेरी, हेटौंडा पतञ्जली योग समिति,मकवानपुर लगाएतका
संस्थाहरूले संयुक्त रुपमा हेटौंडाको रोयल पार्टी प्यालेस मा कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा करिब २०० जनाको उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि, र सामाजिक संस्थाका सदस्यहरूको उपस्थित रहेका थिए।

कार्यक्रममा भारतीय महावाणिज्यदूत
देवी सहाय मीना ले योग मानव स्वास्थ्य र समग्र कल्याणको लागि अत्यन्त महत्वपूर्ण भएको बताउँदै निम्न कुरा जोड हरुमा जोड दिनुभयो।
योगले मानसिक सन्तुलन तनाव न्यूनीकरण र सामाजिक सद्भाव बढाउँने हुदा योगलाई ब्यहारिक रुपमा दिनदिनै अभ्यास गर्नु पर्ने कुरालाइ जोड दिनुभयो।
संयुक्त राष्ट्रसंघले सन् २०१४ मा १७७ राष्ट्रको समर्थनमा २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा घोषणा गरेको हो। नेपाल त्यसका प्रमुख समर्थक राष्ट्रहरूमध्ये एक हो।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.