
मकवानपुर । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा मंगलबार हेटौंडामा लोक सेवा तयारी कक्षासम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङको उपस्थिति रहेको थियो। लोक सेवा आयोगतर्फको तयारीमा मार्गदर्शन दिन प्रशिक्षकको भूमिकामा उपसचिव कुमार घिसिङले प्रशिक्षण प्रदान गरेका थिए।
कार्यक्रममा लोक सेवाको तयारी कसरी गर्ने, तयारीका योजना बनाउने तरिका, लोक सेवा प्रक्रियामा कसरी सहभागी हुने भन्ने विषयमा सहभागीहरुलाई जानकारी गराएको थियो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमती प्रदेश समितिका अध्यक्ष लिलाकुमार घलान, नेपाल मगर संघ मकवानपुरका सचिव भूपेन्द्र राना मगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरका अध्यक्ष नवराज वाईबा, नेपाल तामाङ घेदुङ हेटौंडा उपमहानगरका सचिव सुवास घिसिङसहित विभिन्न समुदायगत संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमले आदिवासी जनजातिहरूलाई लोक सेवामा सहभागिता बढाउन प्रेरणा प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।
कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan