
मकवानपुर हेटौंडा-१० स्थित राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिट भएको छ । राप्तीरोडमा रहेका इम्पोरियमका संचालक विन्दल दासमाथि आक्रमण भएको हो।आक्रमणबाट उनको टाउकोमा चोट लागेको छ ।
३ वटा मोटरसाइकलमा आएका अज्ञात समूहले उनीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए । कुटपिटबाट दासको टाउकोमा चोट लागेको छ। उनको अहिले हेटौंडा अस्पतालमा उपचारमा भइरहेको छ ।घटनामा संलग्नको पहिचान नभएको र खोजिका लागि प्रहरी परिचालन गरिएको उपरीक्षक खड्काले बताए । घटनाको मकवानपुर उद्योग बाणिज्य संघले विरोध गरेको छ । संघले घटनामा संलग्न दोषिमाथि कडा कारवाहीको माग गरेको छ ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan