
मुस्ताङलाई नमूना जिल्लाको रूपमा विकास गर्ने स्पष्ट योजना माओवादी केन्द्रसंग छ : अध्यक्ष प्रचण्ड
हामी जनताको हितका लागि काम गर्छौं। तर कांग्रेस र एमाले बिचौलिया र दलालका लागि काम गरिरहेका छन्
मुस्ताङ, २०७८ असार २८– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मुस्ताङ जिल्ला का विभिन्न पालिका पार्टी सदस्यहरूको संयुक्त सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले मुस्ताङलाई नमूना जिल्लाको रूपमा विकास गर्ने स्पष्ट योजना रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले मुस्ताङको वस्तुगत अवस्था बुझ्न स्थलमार्ग हुँदै गाउँगाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गरेका छौँ। जनताका समस्या बुझेका छौँ र अब समाधानमा इमानदारीपूर्वक लाग्न आवश्यक छ।”
अध्यक्ष प्रचण्डले माओवादी पार्टी अन्य पार्टीहरूसँग फरक रहेको स्पष्ट गर्दै भन्नुभयो, “माओवादी अरुजस्तो पार्टी होइन। हामी जनताको हितका लागि काम गर्छौं। तर कांग्रेस र एमाले बिचौलिया र दलालका लागि काम गरिरहेका छन्।”
कार्यक्रममा प्रचण्डले माओवादी नेता तथा कार्यकर्ताहरुलाई जनतामा पुग्न, जनताको आत्मसम्मान जोगाउन र समस्या समाधानमा सक्रिय भूमिका खेल्न निर्देशन दिनुभयो।
“हामी यहाँ केही उद्देश्य लिएर आएका छौँ,” अध्यक्ष प्रचण्डले भन्नुभयो, “मुख्य उद्देश्य भनेको मुस्ताङलाई कसरी अघि बढाउने भन्ने हो। विकास र समृद्धिको यात्रामा माओवादी केन्द्र प्रतिबद्ध छ।”
कार्यक्रममा सहभागी माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरूले पनि आफ्नो कार्यकालमा विकासका कार्यलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। कार्यक्रममा जिल्लाका विभिन्न पालिकाकामा माओवादी केन्द्रको नेतृत्व गर्ने अध्यक्ष, उपाध्यक्ष, पार्टी सदस्य्हरू लगायत स्थानीय बासिन्दाको समेतको उपस्थिति रहेको थियो।
मुस्ताङको भौगोलिक कठिनाइलाई मध्यनजर गर्दै दीर्घकालीन योजना बनाएर अघि बढ्न आवश्यक रहेको समेत अध्यक्ष प्रचण्डले बताउनुभएको छ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan