हेटौँडा १४ को तेस्रो वडा सम्मेलन सम्पन्न,अध्यक्षमा सानु कान्छा रुम्बा

हेटौडा, २७ जेठ/ नेकपा (माओवादी केन्द्र) मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा न.१४ को तेस्रो वडा सम्मेलन मंगलबार सम्पन्न भएको छ ।

वडा न. १४ मा सानु कान्छा रुम्बाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सदस्य बिबेक राईको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि राईले आगामी निर्वाचन नेकपा (माओवादी केन्द्र) को एजेण्डा कार्यन्वयन गर्ने उपयुक्त समय भएको बताउनुभयो ।

सम्मेलनले सानु कान्छा रुम्बाको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा चन्द्र बहादुर स्याङ्तान, उपाध्यक्ष राजकुमार भोल्न, सचिव बिर बहादुर प्रजा, सहसचिव उर्मिला पौडेल, कोषाध्यक्ष शोभा घले चयन भएको छ ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) हेटौँडा उपमहानगर‌पालिका अध्यक्ष प्रदीप अर्याल जसको एजेण्डा उसैलाई भोट भन्दै विशिष्ट अतिथि अर्यालले माओवादीको नीति तथा कार्यक्रमलाई कार्यन्वयन गर्ने समय आएको बताउनुभयो ।

अतिथीहरु उपाध्यक्ष गुणराज घिमिरे, सोनी गुरुङ, सहसचिव चमेली सिजाली, नगर सदस्य राम बहादुर लामा, नगर सदस्य रामकुमार पुलामी, नगर सदस्य ज्ञानेन्द्र मोक्तान लगायत को उपस्थिति रहेको थियो।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.