
हेटौंडा,मकवानपुर :- विश्व वातावरण दिवसको नारा “प्लास्टिक प्रदूषण न्यूनीकरण” भन्ने अभियान सहित बिश्व वातावरण दिवस २०२५को अवसरमा आज मिती २०८२ साल जेष्ठ २२ गते अखिल (क्रान्तिकारी) मकवानपुरले मकवानपुरगढी स्थित रुद्र वाटिका परिसर सरसफाई गरेको छ ।

अखिल क्रान्तिकारी मकवानपुर बिहिवार अध्यक्ष बुद्धराज अर्यालको नेतृत्वमा भएको सरसफाई कार्यक्रममा अखिल(क्रान्तिकारी) बागमती प्रदेश कमिटी सदस्य पुष्पा सुनार, मकवानपुर जिल्ला उपाध्यक्ष दिपक लामा, सचिव छोईसाङ लामा,सह-सचिब अभ्युदय खनाल , जिल्ला सदस्य मिनेश पुडासैनी,आयुश ठकुरी लगायतको सहभागिता रहेको थियो ।
फोहोरलाई स्रोतमै ब्यवस्थापन गरेर वातावरण सफा र स्वच्छ राख्न सकिने अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला अध्यक्ष बुद्धराज अर्यालले बताए ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan