देशभर सार्वजनिक यातायात ठप्प, जनजीवन प्रभावित

काठमाडौं, जेठ १९ – सोमबार बिहानैदेखि काठमाडौंसहित देशभर सार्वजनिक यातायात ठप्प भएको छ। लामो तथा छोटो दुरीका कुनै पनि सार्वजनिक सवारी साधन सञ्चालनमा नरहेकाले दैनिक कामकाजमा निर्भर सर्वसाधारणको जनजीवन प्रभावित भएको छ।

गाडी नचल्दा अस्पताल जानुपर्ने बिरामी, कार्यालयतर्फ लागेका कर्मचारी, विद्यार्थी, र अन्य यात्रुहरू गन्तव्यमा पुग्न नसकेर सास्तीमा परेका छन्। कतिपय विद्यालयसमेत यातायातको अभावमा बन्द गरिएको जनाइएको छ।

यात्रु अलमलमा, साझा मात्र सञ्चालनमा

यातायात बन्दका कारण काठमाडौंका विभिन्न स्थानमा यात्रुहरू सार्वजनिक सवारीको पर्खाइमा अलमलमा परेको दृश्य देखिएको छ। यस्तो अवस्थामा ‘साझा यातायात’ का केही सवारी साधन भने सीमित रूपमा सञ्चालनमा रहेका छन्।

आन्दोलनको कारण: ‘राइड सेयरिङ’ विरोध

सार्वजनिक यातायात बचाऊ केन्द्रीय संघर्ष समितिको आह्वानमा गरिएको यो आन्दोलनमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले साथ दिएको छ। समितिका अनुसार सबै सार्वजनिक सवारी साधनहरू ग्यारेजमै राखेर सरकारको निर्णयको विरोध गरिएको हो।

व्यवसायीहरूको मुख्य माग भने गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ सम्बन्धी कानुन खारेज गर्नुपर्ने भन्ने रहेको छ। सो कानुनले निजी प्रयोजनका गाडीलाई व्यवसायिक रूपमा प्रयोग गर्न दिने व्यवस्था गरेको छ, जसले सार्वजनिक यातायात व्यवसायमाथि प्रत्यक्ष असर पार्ने व्यवसायीहरूको भनाइ छ।

सार्वजनिक यातायात सेवा ठप्प हुँदा आम नागरिकको दैनिकी प्रभावित भएको छ। सरकार र व्यवसायीबीच वार्ता नहुञ्जेल जनजीवन अझै कठिन बन्ने संकेत देखिएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.