
हेटौंडा,बागमती गाउँपालिका वडा नं १ का कार्यवाहक वडाअध्यक्ष हस्त बहादुर थिङले आफ्नो वडाका असहाय अपाङ्ग रहेका जित बहादुर राईले पाउन पर्ने सामाजिक सुरक्षा भत्ता धेरै समय देखी रोकिएको सुरक्षा भत्ता निवासमै गएर दिएका छन् ।
बागमती गाउपालिका वडा नं १ करोजेको क वर्गको अपाङ्ग जित बहादुर राईको धेरै समय देखि उहाले पाउने सामाजिक सुरक्षा भत्ता रोकिएको खबर थाहा पाएपछि का.बाहक वडाअध्यक्ष हस्त बहादुर थिङ उहाको निवासमा गएर बुझ्दा रोकीएको हो भनेर प्रमाण भए पछि अध्यक्ष थिङले सम्बन्धित निकायसँग छलफल गरेर उहाँले पाउनुपर्ने सुरक्षा भत्ता सानिमा बैंकका कर्मचारीहरु सग छलफल सहकार्य गरेर जीत बहादुर राईको खातामा जम्मा भएको रकम रु. २४००० (चौबीस) हजार कार्यवाहक अध्यक्ष हस्त बहादुर थिङले पिडित राई लाई उहाको निवासमा गई वितरण गरेका छन् ।

पिडीत जित बहादुर राईले जनप्रतिनिधिको भएको महसुस भयो आज हामीले सोचेको र चाहेको जनप्रतिनिधि उहाँ जस्तै हो जसले जनताको घरदैलोमा सिंहदरबार आएको अनुभुती गर्न सकिएको बताए ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan