वनविज्ञान संकाय हेटौंडाले मनायो १८औँ गणतन्त्र दिबस

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी) कृषि तथा वनविज्ञान विश्वविद्यालय इकाई समिति, वनविज्ञान संकाय हेटौंडाको आयोजनामा १८औँ गणतन्त्र दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।

कार्यक्रमको सभाध्यक्षका रूपमा अखिल (क्रान्तिकारी)कृषि तथा वनविज्ञान विश्वविद्यालय इकाई समितिका अध्यक्ष क.दिर्घराज जोशी रहनुभएको थियो। प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान,विशिष्ट अतिथिका रूपमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेशका सदस्य विवेक राई,अखिल (क्रान्तिकारी) केन्द्रीय समिति सचिवालय सदस्य क.रोजल तामाङज्यू र अखिल(क्रान्तिकारी) जिल्ला समिति मकवानपुरका अध्यक्ष क.बुद्धराज अर्याल रहनु भएको थियो।

साथै, वनविज्ञान संकाय हेटौंडाका विभिन्न तहमा क्रियाशील, देशप्रेम, जनउत्तरदायित्व र वैज्ञानिक समाजवादप्रति प्रतिबद्ध क्रान्तिकारी विचारधारामा दृढ विश्वास राख्ने कमरेडहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अत्यन्त प्रभावशाली र सफल बनाएको थियो।

कार्यक्रमले गणतन्त्र प्राप्तिमा सहादत व्यक्त गरेका वीर शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै, वर्तमान पुस्तालाई जनगणतन्त्रको रक्षार्थ निरन्तर क्रान्तिकारी चेतनासहित अघि बढ्न प्रेरित गरेको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.