अखिल (क्रान्तिकारी)ले दीप प्रज्ज्वलन गरेर मनायो गणतन्त्र दिवस

अखिल (क्रान्तिकारी) त्रि वि बन बिज्ञान इकाइ समिती हेटौंडा क्याम्पसले गणतन्त्र दिवसको अवसरमा दीप प्रज्ज्वलन गरेको हो ।
जन निर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।जनआन्दोलन ०६२/६३ कोजगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ ।

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य ललित घलान,सदस्य बिबेक राई,अखिल(क्रान्तिकारी)केन्द्रिय सचिवालय सदस्य रोजल पाखरिन,अखिल(क्रान्तिकारी)बागमती प्रदेश सदस्य निरुता श्रेष्ठ,अखिल(क्रान्तिकारी)मकवानपुर अध्यक्ष बुद्ध राज अर्याल,सह-सचिव सुजन सिलवाल,सदस्य आयुश ठकुरी लगायत विभिन्न क्यापसहरुबाट नेताकार्यकर्ता विद्यार्थीहरु उपस्थित रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.