
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी),कृषि तथा वनविज्ञान विश्वविद्यालय इकाई समिति,वनविज्ञान संकाय,हेटौंडाले १८औँ गणतन्त्र दिवसको अवसरमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला समिति अध्यक्ष कमरेड बुद्धराज अर्यालज्यूको उपस्थितिमा साथै वनविज्ञान संकाय हेटौंडाका सम्पूर्ण कमरेडहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमले वातावरणीय सरोकार र राष्ट्रिय चेतनालाई सुदृढ बनाउने उद्देश्य बोकेको थियो।
अखिल(क्रान्तिकारी) मकवानपुरका अध्यक्ष बुद्ध राज अर्यालले वृक्षरोपण र सरसफाइजस्ता सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै इकाइ समिती र सम्पूर्ण सहभागीहरूलाई यो कार्यक्रम आयोजना गरिदिनुभएकोमा धन्यवाद दिनुभयो।
यसै गरि इकाई समितिका अध्यक्ष दीर्घ राज जोशिले बृक्षरोपण जस्तै बिभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनुभयो।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan