तामाङ मातृभाषामा शिक्षा सम्बन्धी ५ दिने कार्यक्रम बागमती गाउँपालिकामा सम्पन्न

बागमती (मकवानपुर), जेठ १३ – तामाङ मातृभाषामा शिक्षा प्रवर्द्धन तथा स्थानीय तहको भाषा नीति निर्माण सम्बन्धी पाँच दिने विशेष कार्यक्रम बागमती गाउँपालिकामा सम्पन्न भएको छ।

कार्यक्रम नेपाल तामाङ घेदुङ बागमती प्रदेश समितिको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रमको सभाध्यक्ष घेदुङ प्रदेश अध्यक्ष लिलाकुमार घलान रहेका थिए भने प्रमुख अतिथिका रूपमा गाउँपालिकाका उपाध्यक्ष फणिन्द्र तिमल्सिना उपस्थित थिए।

विशेष अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी रहनुभएको कार्यक्रममा अन्य अतिथिहरूमध्ये बरिष्ठ लेखा अधिकृत झम्कनारायण घलान, शिक्षा शाखाका प्रतिनिधिहरू प्रकाश चन्द र प्रमोद राई, लिपि प्रशिक्षक लिला बहादुर स्याङतान, दर्पण ब्लोन लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी ५५ जनालाई प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि तिमल्सिनाले विद्यालयमा कार्यरत शिक्षकहरूलाई तामाङ समुदायका बालबालिकालाई मातृभाषामा पठनपाठनमा समर्पित भएर लाग्न आग्रह गर्नुभयो। साथै, उहाँले सहभागी सबैलाई सफलतापूर्वक तालिम सम्पन्न गरेकामा बधाई ज्ञापन गर्नुभयो।

यस कार्यक्रमले मातृभाषामा शिक्षाको महत्वलाई स्थानीय तहमा स्थापित गर्न थप मद्दत पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.