
हेटौंडा,सेवा, सहयोग र आवाजमा हामी नामक संस्थाले हेटौंडा फुटबल एकेडेमीलाई सहयोग गरेको छ । चितवनको रत्ननगर नगरपालिकाका जारी दोस्रो संस्करणको माधवपूर गोल्डकप फुटबल प्रतियोगितामा सहभागी भएर सेमीफाइनलमा प्रवेश गरेका हेटौंडा फुटबल एकेडेमीका खेलाडीका लागि सेवा, सहयोग र आवजमा हामी संस्थाले सहयोग गरेको हो । संस्थाको तर्फबाट बुधबार संस्थाका अध्यक्ष विशालराज महत सहितको टोली फुटबल प्रशिक्षणको स्थान हेटौंडा–४,स्थित हुप्रचौरमै पुगेर स्याउ, केरा, पानी लगायतको समाग्री सहयोग गरको हो । शनिबार भएको उद्घाटन खेलमा हेटौंडा फुटबल एकेडेमीले सूर्यपूर फुटबल क्लबको टिमलाई ४–३ गोलले टाइब्रेकरमा हराउँदै सेमीफाइनलमा प्रवेश गरेको थियो ।
संस्थाका अध्यक्ष विशालराज महतले हेटौंडा फुटबल एकेडेमीका संस्थापक अध्यक्ष तथा प्रशिक्षक भीम लामालाई प्रतियोगिताको सेमीफाइनल खेलमा सहभागी हुन चितवन जानुपूर्व सहयोगको सामागी हस्तान्तरण गरेको बताएका छन् । मकवानपुुर जिल्लाको प्रतिनिधित्व गरेर बाहिरी जिल्लाको प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई हौसला प्रदान गर्न र मनोबल बढाउन तथा केही राहत प्रदान गर्नका लागि फलफूल सहयोग गरेको उनले बताए । उनले राष्ट्रियको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ खेलाडीहरुको क्षमता अभिवृद्धि गर्नका लागि विभिन्न प्रतियोगितामा खेलाडीहरुलाई सहभागी गराउँदै आएकोमा शुभकामना व्यक्त गरेका छन् ।
यस्तै, प्रशिक्षक लामाले हेटौंडा–४,स्थित हुप्रचौरमा नियमित रुपमा ८० जना खेलाडीलाई फुटबल प्रशिक्षण दिँदै आइरहेका छन् । उनका अनुसार प्रशिक्षणमा सहभागी हुने खेलाडीहरु मध्ये ३० जना जुनियर र १६ जना सिनियर खेलाडीहरु पनि रहेका छन् । प्रशिक्षणमा सहभागी हुने खेलाडीलाई नियमित एक घण्टादेखि डेढ घण्टा सम्म प्रशिक्षण दिने गरेको उनले बताए । उनले आफ्ना महिला खेलाडीलाई महिला मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा समेत सहभागी गराएका थिए । गत वर्ष भारतको सिक्कीम राज्यमा सम्पन्न भएको इन्पिेन्डि डे फुटबल प्रतियोगितामा आफ्ना खेलाडीहरुलाई सहभागी गराएर नेपालको लागि उपाधि दिलाउन सेमत सफल भएका थिए । प्रशिक्ष लामा एएफसी बी लाइसेन्स प्राप्त फुटबल प्रशिक्षक हुन् ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan