संसदको अबरोध हटाएर गृहमन्त्रीलाई बोल्ने बाताबरण बनाउन आग्रह

काठमाडौँ, प्रधानमन्त्री केपी ओलीले संसद्को अवरोध हटाएर गृहमन्त्री रमेश लेखकलाई बोल्न दिन प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन् ।
भिजिट भिसा प्रकरण, बिहीबार सरकारले संसद्‌मा पेस गर्ने बजेट लगायत विषयमा छलफल गर्न प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका थिए ।
बैठककै बिचमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि उठेका प्रश्नको जवाफ दिने वातावरण बनाइदिन फोन गरेको माओवादीका सांसद लेखनाथ दाहालले जानकारी दिए ।
भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् अवरोध कायमै राख्ने विपक्षी दलले निर्णय गरेको उनले बताए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.