
कैलाश, मकवानपुरको कैलाश गाउँपालिकाको वडा नम्बर २ बैकुण्डमा नयाँ उद्यमी सृजनाका लागि सात दिने साबुन बनाउने र मौरी पालन तालिम सञ्चालन भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा उक्त तालिम सञ्चालन भएका हो ।
गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा) अन्तरगत नयाँ सृजना तर्फको उद्यमीहरुको लागि साबुन बनाउने र मौरी पालन तालिम भएको गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख प्रमिला अर्यालले बताईन् । उनले साबुन बनाउने तालिममा २० जना र मौरी पालन तालिममा १० जना गरी तीसज जनाले सीप सिकेको बताईन् ।

वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र घिसिङको अध्यक्षतामा तालिम सञ्चालन भएको थियो । सीप सिकेर रोजगारी बन्ने उद्देश्यका साथ साबुन बनाउने र मौरी पालन तालिम प्रदान गरिएको उनले बताए । कैलाश बैकुण्ठमा मौरी पालनको प्रच्युर सम्भावना भएको क्षेत्रको रुपमा रहेकाले यहाँका यूवाहरुलाई उक्त तालिममा सहभागिता जनाई उद्यमतर्फ लाग्न प्रेरित गरेको वडाध्यक्ष घिसिङले बताए ।
कार्यक्रममा उद्यम विकास शाखा प्रमुख प्रमिला अर्याल, वडा सचिव नितेशकुमार यादव, प्रशिक्षकद्धय बिना कुमारी दाहाल र रवीबहादुर अधिकारीलगायतको आतिथ्यता रहेको थियो । सात दिन सम्म सञ्चालित साबुन बनाउने तालिमलाई बिनाकुमारी दाहालले सहजीकरण गरेकी थिईन् भने मौरी पालन तालिमलाई रवीबहादुर अधिकारीले प्रशिक्षण गरेका थिए ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan