

हेटौंडा,जेठ:-नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले बागमती प्रदेशका मूख्यमन्त्री तथा मन्त्रीहरुलाई आवश्यकता र औचित्यका आधारमा प्रदेशको पहिचान हुनेगरी नीति तथा कार्यक्रम बनाई बजेट ल्याउन निर्देशन दिएको छ ।
कांग्रेस बागमती प्रदेश कार्यसमिति र कांग्रेस बागमती प्रदेश संसदीय दलको मंगलबार हेटौंडामा भएको संयुक्त बैठकले मूख्यमन्त्री तथा मन्त्रीहरुलाई बागमती प्रदेशका ६६ निर्वाचन क्षेत्रमा आवश्यकता र औचित्यको आधारमा प्रदेशको पहिचान हुनेगरी नीति तथा कार्यक्रम बनाई बजेट निर्माण गर्न निर्देशन दिएको हो ।

त्यस्तै बैठकले बागमति प्रदेशका पछाडि परेका भुगोल र सिमान्तकृत, दलित, अल्पसंख्यक, अपाङ्गलगायतलाई निशुल्क शिक्षा, किसान, महिला र युवा रोजगारलाई समेटेर नीति तथा कार्यक्रम ल्याई बजेट ल्याउन मूख्यमन्त्री तथा मन्त्रीहरुलाई निर्देशन दिएको कांग्रेस बागमती प्रदेशका मूख्यसचिव राजु नेपालले जानकारी दिए ।

कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभापतित्वमा भएको संयुक्त बैठकमा प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, बागमती प्रदेशमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने मूख्यमन्त्री बहादुरसिं लामासहित मन्त्रीहरु, १३ जिल्लाका जिल्ला सभापतिहरु, काग्रेसका बागमती प्रदेशसभा सदस्यहरुको उपस्थिति रहेको थियोे ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan