बागमती गाउँपालिकाबाट ५०% अनुदानमा च्यापकटर वितरण,६४ किसान लाभान्वित

बागमती गाउँपालिका,मकवानपुरले आर्थिक वर्ष ०८१/०८२ को विनियोजित बजेट अन्तर्गत ५०% अनुदानमा व्यवसायिक कृषि फर्म र कृषक समूहमा आबद्ध ६४ जना किसानहरूलाई च्यापकटर (घास कुट्ने मेसिन) वितरण गरेको छ।

प्रत्येक च्यापकटरको मूल्य रु २५,२५० परेका छन्, जसमा किसानहरूले केवल आधा रकम तिरेर मेसिन प्राप्त गरेका हुन्। गाउँपालिकाको यो पहलले पशुपालन व्यवसायमा संलग्न कृषकहरूलाई समयको बचत, कामको सहजता तथा उत्पादनमा वृद्धि गर्न ठूलो सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पशुपन्छी विकास शाखाका कर्मचारीहरू दिनरात खटिएका थिए। त्यस्तै, किसानहरूको मागलाई सम्बोधन गर्दै बजेटको समुचित व्यवस्थापन गरी कार्यक्रम सम्पन्न गराउनु हुने गाउँपालिका अध्यक्ष सर्केस घलान तथा गाउँपालिका टिम प्रति किसानहरूले आभार व्यक्त गरेका छन्।

यस किसिमका सहुलियत कार्यक्रमहरूले कृषकहरूलाई थप प्रोत्साहन दिने र गाउँपालिका आत्मनिर्भर कृषि प्रणालीतर्फ उन्मुख हुँदै गएको संकेत दिएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.