थाहा ३ स्कुल चोकमा बसले पैदलयात्री लाई ठक्कर दिदा ३ जनाको मृत्यु


मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका-३ स्कुल चोकमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

हिजो साँझ ६:३० बजेको समयमा त्रिभुवन राजपथ सडकखण्डको गोपाली गाँउबाट पालुङको थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल भई सडकमा हिडिँरहेका पैदलयात्रीलाई ठक्कर दिएको थियो

बस दुर्घटनामा थाहा ९ चित्लाङका करिब ४० वर्षीय लेखापढी व्यावसायी कृष्ण बलामी र सोही उमेरका बिष्णुपुर गाउँपालिका वडा न ५ सप्तरी स्थायी घर भै हाल झम्केश्वरी माध्यामिक विद्यालयमा अध्यापन गराउने शिक्षक लोकेन्द्रकुमार ठाकुर र उपचारको क्रममा काठमाडौ लादै गर्दा अर्का घाइते रघु नन्दन यादवको पनि मृत्यु भएको ईलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ।
दुर्घटनामा परी मालपोत कार्यालय शिखरकोटमा कार्यरत कर्मचारी कमलेश कुमार शाह गम्भीर घाइते भएका छन उनलाइ पनि थप उपचारको लागि काठमाडौ लगिएको छ।

दुर्घटनामै परी झम्केश्वरी माबिकै दुई शिक्षक राम गुलाम चौधरी र छेवाङ लामा सामान्य घाइते भएका छन।
मृतक बलामी र ठाकुरलाई प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारका लागि पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको डीएसपी अर्यालले बताउ । दुवै जनाको शव प्राथमिक स्वास्थ्य केन्द्र पालुङमै राखिएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.