
हेटौंडा ,नेकपा एकीकृत ( समाजवादी ) का केन्द्रिय उपाध्यक्ष तथा पुर्वमन्त्री डाक्टर गङ्गालाल तुलाधरले देशमा सुशासन आउन नीति परिवर्तन हुनुपर्ने बताएका छन् । नेकपा एकीकृत ( समाजवादी ) बागमती प्रदेश कमिटीले आयोजना गरेको हेटौंडाको बिचार गोष्ठीमा उनले यस्तोकुरा बताएका हुन् । गोष्ठीमा बोल्दै उनले देशबाट राणा साशनको अन्त्य हुँदा पनि जनताले अपमानित भएर बाच्नुपरेको थियो अहिले पनि त्यही अवस्था रहनु दु:खद कुरा हो । हेटौंडाबाट ठुला – ठुला क्रान्तिको शुरूवात भएको छ , चाहे त्यो हेटौंडा कपडा उध्योगको क्रान्ति होस , अहिले आएर हेटौंडा सिमेन्ट उध्योग , र हेटौंडा अस्पतालको पक्षमा भएको आन्दोलन होस् यस्ता थुप्रैपटक आन्दोलन भएका छन् , अहिले गवर्नरको कुरामा पनि पार्टीले भनेको मान्ने चितवन १ नम्बरबाट चुनाव लडेर हारेका विश्व पौडेललाई गवर्नरमा नियुक्ति दिएका छन् अब उनले कसको काम गर्छन् प्रश्न गरे उनले । नेपालमा नव धनाद्द्यको जोडबलमा पौडेल को गवर्नर नियुक्ति भएको बुझिएको छ , यस्ताकुराले देशमा सुशासनको कल्पना गर्न नसकिने तुलाधरले बताए । देशमा समृद्धि ल्याउन कृषि र औद्योगिक क्रान्ति र पर्यटन उध्योगको बिकासले सम्भव हुने बताए । कार्यक्रममा बोल्दै अनेम संघ समाजवादी केन्द्रिय अध्यक्ष मुनु सिग्देल ले अहिलेको सरकार बिकासको बाधक बनेको भन्दै यो सरकारबाट सुशासन नआउने आसय ब्यक्त गरिन् । संविधान परिवर्तन गरि जनताको सार्वभौमिकता , मौलिक हक दिलाउनुपर्ने कताहो – कता उल्टै कुन्ठित हुनेगरी बर्तमान सरकारले काम गरिरहेको बताइन् । यस्तै बिचार गोष्ठीमा बक्ताहरुले यथास्थिति वादको बिरोध गर्दै जनतामा मौलिकहकको प्रत्याभूति दिलाउनुपर्नेकुरामा जोड दिएका थिए । पार्टीका बागमती प्रदेश कमिटी उपाध्यक्ष राजु श्रेष्ठ को सभाध्यक्षतामा भएको गोष्ठीमा डाक्टर तुलाधरको प्रमुख आतिथ्यता रहेको थियो भने बिशिस्ट अतिथिमा अनेम संघ समाजवादी केन्द्रिय अध्यक्ष मुनु सिग्देल , पार्टीका केन्द्रिय सदस्य रामचन्द्र बल,अशोक थापा,पार्वती सिलवाल,जिल्ला अध्यक्ष बिष्णु प्रसाद दाहाल,चितवन जिल्ला अध्यक्ष नरेन्द्र कन्यङ्गवा,बागमती प्रदेश सदस्य माधव तिमल्सिना,कल्पना बिश्वकर्मा,रामेश राई,किशोर ब्लोन ( नियोग ),बेगम बराल , जिल्ला कमिटी सचीव किशोर बर्तौला,नेकपा माओवादी बिप्लप सिका जिल्ला नेता राम सी लगायतकाको आतिथ्यता रहेको थियो ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan