
मकवानपुर, हेटौंडा – अखिल नेपाल खेलकुद महासंघ मकवानपुरको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ। नेकपा माओवादी केन्द्र निकट यस खेलकुद संगठनको आज शनिबार सम्पन्न सम्मेलनबाट पुस्पराज पुडासैनी सर्वसम्मओत रूपमा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।

“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सम्पन्न उक्त सम्मेलनमा मकवानपुरका १० वटै स्थानीय तहबाट प्रतिनिधित्व गर्ने २०० जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सम्मेलनको उद्घाटन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज विजय गौतमले गर्नुभएको हो।

सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै ३१ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ। निर्वाचित पदाधिकारीहरूमा उपाध्यक्षमा मानसिङ दोङ, महिला उपाध्यक्षमा शोभा घिमिरे, सचिवमा उमेश पुलामी, सह–सचिवहरूमा जयबहादुर थोकर र आकाश थिङ, तथा कोषाध्यक्षमा बिक्रम योञ्जन रहेका छन्।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा माओवादी केन्द्र मकवानपुरका माननीय प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीको उपस्थिति रहेको थियो। साथै, सम्मेलनमा माओवादी नेताहरू सर्केश घलान, अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव जनक बर्तौला, जिल्ला खेलकुद विकास समितिका प्रमुख माधव कोइराला लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले खेलकुदले युवाहरूलाई अनुशासित, स्वस्थ र राष्ट्रप्रेमी बनाउने उल्लेख गर्दै, खेल क्षेत्रको समग्र विकासमा अखिल नेपाल खेलकुद महासंघले अग्रणी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan