माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुर सम्मेलनको तयारि तिब्र

जेष्ठ ९,हेटौंडा :- नेकपा (माओवादी केन्द्र) मकवानपुरको जिल्ला सम्मेलन यहि जेष्ठ १४ गते हुने भएपछि तयारी बैठकहरु बसिरहेको छ।
जिल्ला सम्मेलन तयारीको लागि जिल्ला पार्टी कार्यालय हेटौंडामा बैठक एबम छलफलहरु तिब्र बनाइएको हो।

जिल्ला सम्मेलन तयारीको लागि नेकपा माओवादी केन्द्र मकवानपुरले १० वटै पालिका र सम्पूर्ण जनबर्गिय संगठनको पदाधिकारीसंग छलफल गर्न ११ वटा समूह बनाई चरण चरणमा बैठक आरम्भ गरेको छ।
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा हुने बिस्तारित सम्मेलनमा जिल्लाभर बाट ४५० जना प्रतिनिधि सहभागी रहने माओवादी केन्द्रका केन्द्रिय सदस्य एबम जिल्लाइन्चार्ज बिजय गौत्तमले जानकारी दिनुभयो।
पल्पसा प्याराडाइज हल हेटौंडामा हुने बिस्तारित भेलाले नेकपा (माओवादी केन्द्र) मकवानपुरको नयाँ जिल्ला समन्वय समिति समेत गठन गर्नेछ ।


देश संघीयतामा गैसकेकोले नेकपा माओवादी केन्द्रको पार्टी संरचना पनि सोही बमोजिम क्रियाशिल रहदै आएको छ।
जिल्ला समन्वय समितिमा संयोजक र सचिव मात्रै पदाधिकारी रहने व्यवस्था छ भने जिल्ला स्थित स्थानीय पालिका समितिहरुका अध्यक्ष, उपाध्यक्ष,सचिव लगायत जनवर्गीय संगठन र मोर्चाका पमुख हरु जिल्ला समन्वय समितिमा पदेन सदस्य रहने व्यवस्था भएको नेकपा माओवादी केन्द्रिय सदस्य एबम हेटौडा उपमहानगरपालिका इन्चार्ज प्रह्लाद लामिछानेले बताउनु भयो।
जिल्ला सम्मेलन तयारीका लागी विभिन्न चरणमा छलफल गर्नको लागि
नेकपामा माओवादी केन्द्रले यहि जेस्ठ ९ गते  नेकपा माओवादी केन्द्र हेटौडा उपमहानगरपालिका र थाहानगरपालिकाको नेतृत्व संग छलफल गरिरहेको छ भने जेष्ठ ११ गते ११ बजे बागमती गाउपालिको नेतृत्व संग छलफल गर्ने छ। सोही दिन जेष्ठ ११ गते १ बजे कैलास गाउपालिकाको नेतृत्व संग छलफल राखेको छ भने जेष्ठ ११ गते २ बजे राक्सिराङ गाउपालिकाको नेतृत्व संग छलफल गर्ने छ। सोही दिननै ३ बजे मनहरी गाउपालिकाको नेतृत्व संग छलफल गर्ने कार्यक्रम तय भएको जिल्ला सम्योजक भिम पाख्रीनले बताउनु भयो ।
त्यस्तै यहि जेष्ठ १२ गते १ बजे बकैया गाउपालिकाको नेतृत्व छलफल गर्नेछ भने सोही दिन २ बजे इन्द्रसरोबर गाउपालिका संग छलफल राखेको छ। त्यसै जेस्ठ १३ गते भिमफेदी गाउपालिकाको नेतृत्व संग छलफल गर्ने छ भने सोही दिन ४ बजे मकवानपुरगढि गाउपालिकाको नेतृत्व सङ छलफल गर्ने  जिल्ला समन्व समिती सचिब वीर बाहादुर घलान ज्वालाले जाकारी दिनुभयो।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.