
जेष्ठ ९,हेटौंडा :- अखिल नेपाल औद्योगिक मजदुर संघले गैरकानुनी तरिकाबाट निष्कासित गरिएका श्रमिक अर्जुन ढकाललाई पुनवर्हालीको माग गर्दै विरोध जनाएको छ । हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको एसियन पेन्ट्स नेपाल प्राइभेट लिमिटेडले विभिन्न आरोपप्रत्यारोप लगाएर ४ महिनादेखि कामबाट निकालिएको ढकालको भनाइ छ।
आफू विगत २५ वर्षदेखि उक्त उद्योग कार्यरत रहेर श्रम गरिरहेको अवस्थामा सहकर्मीलाई कुटेको आरोपमा निष्कासित गरिएको बताएको छ । प्रत्येक वर्ष उद्योगले पिकनिक लाने गरिएको र पिकनिकै सिलसिलाम २०८१ साल माघ ४ र ५ गते चितवन लागियो। तर होटलमा मधिरा सेवन गरेको अवस्थामा भएको भनाभन विषयलाई लिएर किन कुटेको भन्दै जवाफ माग्ने तथा पत्र काट्ने गरेर कामबाट निकालिएको उहाँको दावी छ । गलत श्रम अभ्यासको अन्त्यको माग गर्दै गरिएको आन्दोलन पुनवर्हली नगरेसम्म निरन्तर आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

आन्दोलन कार्यक्रममा नेकपा माओवादी बागमती प्रदेश कमिटी सदस्य एबम मकवानपुर फ्याक्सन इन्चार्ज बिबेक राई, लगाएत जिल्लाका मज्दुर नेता तथा कार्यकर्ताले शान्तिपुर्ण तरिकाबाट गैरकानुनी रुपमा निस्कासन गरिएका मज्दुर पुनवाहार्ली गर्न उधोग प्रशासन लाई अनुरोध गर्दै यदि एक हप्ता भित्र निस्कासन गरिएका मज्दुर्लाइ पुनवाहाली नगरिए आन्दोलनको स्वरुप परिबर्तन हुने चेतावनी समेत दिए।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan