
जेष्ठ ८,हेटौडा :- नेकपा माओवादी केन्द्रको यहि जेष्ठ १४ गते बिस्तारित जिल्ला भेला हुने भएको छ। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा हुने उक्त भेलामा ४५० जना प्रतिनिधि सहभागी हुने छन।
होटल पल्पसा प्याडाइजको हलमा हुने बिस्तारित भेलाले नेकपा (माओवादी केन्द्र) मकवानपुरको नयाँ जिल्ला समन्वय समिति गठन गर्ने छ। संघीयतामा देश गैसकेपछि माओवादी पार्टीमा जिल्ला कार्य समितिलाई समन्वय समितिको रुपमा क्रियाशील गराईएको छ। समन्वय समितिमा संयोजक र सचिव मात्रै पदाधिकारी रहने व्यवस्था छ भने सबै स्थानीय पालिकाका अध्यक्ष,उपाध्यक्ष र सचिव लगायत जनवर्गीय संगठन र मोर्चाका जिम्मेवार नेताहरु पदेन सदस्य रहने व्यवस्था छ। हाल माओवादी पार्टीको जिल्ला समन्वय समितिका संयोजक भिम पाख्रिन र सचिव वीरबहादुर घलान (ज्वाला) रहेका छन्। जिल्ला भेलाले पुनः नयाँ समन्वय समितिको गठन गर्नेछ।
जिल्ला भेलामा प्रमुख अतिथी बाट समसामायिक बिषयमा महत्त्वपूर्ण राजनीतिक प्रशिक्षण समेत रहने जिल्ला इन्चार्ज बिजय गौतमले बताउनु भयो।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan