
जेष्ठ ७,रुकुमपूर्व :- जनतासँग माओवादी-मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका, रुकुमकोटमा आयोजित जनसंवाद कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन्।

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धका उपलब्धि, राजनीतिक रूपान्तरणको वर्तमान अवस्था र जनताको सहभागितामूलक लोकतन्त्रको आवश्यकता बारे धारणा राख्नुभयो। उहाँले अभियानको उद्देश्य जनताको विश्वास र सहभागिता पुनः मजबुत बनाउने रहेको स्पष्ट पारे।

सोही अवसरमा जनमुक्ति सेनाका पूर्व कमान्डर तथा नेसपाका पूर्व केन्द्रीय सदस्य जितमान पुन ‘मार्सल’, बाबुराम भट्टराई नेतृत्वको पार्टीको सिंगो कमिटी, साथै नेकपा (एमाले) निकट दलित मोर्चाका जिल्ला अध्यक्ष उपेन्द्रलाल कामीलगायतका महत्वपूर्ण नेताहरू माओवादी केन्द्रमा समाहित भएका छन्।
अध्यक्ष प्रचण्डले पार्टीमा प्रवेश गरेका नेताहरूलाई स्वागत गर्दै परिवर्तनको आन्दोलनमा पुनः जुट्न आग्रह गरे। सरकार को नेतृत्वमा रहेर जनताको पक्षमा गरेका काम को कारण आएको पार्टी प्रतिको सकारात्मक लहर ऐतिहासिक र प्रेरणादायी भएको बताए। उनले विचार, सिद्धान्त र लक्ष्यको आधारमा एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वान गरे।
कार्यक्रममा स्थानीय बुद्धिजीवी, व्यवसायी, राजनीतिक कार्यकर्ता, र कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan