
जेठ ४,हेटौडा : हिजो भएको माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसिएल) को हर्नामाडीमा वडा सम्मेलन तथा पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
सम्मेलनले समिर विश्वकर्माको अध्यक्षतामा, सुजन घलान सचिव र रेष्मा थापा कोषाध्यक्ष रहेको ३५ सदस्यीय वडा कमिटी गठन गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज विजय गौत्तम रहेका थिए। कार्यक्रममा केन्द्रिय सदस्य तथा हेटौंडा उपमहानगरपालिका इन्चार्ज प्रह्लाद लामिछाने,नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष तथा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु), प्रदेश सचिवालय सदस्य सर्केस घलान (मधु), प्रदेश सचिबालय सदस्य एबम जिल्ला संयोजक भीम पाख्रीन, जिल्ला सचिव वीर बा घलान (ज्वाला),प्रदेश सदस्य जीवन गोले,विवेक राई सीता पुलामी (रेखा) लक्ष्मी माझी (कृपा) वाईसियल जिल्ला अध्यक्ष मुक्ती लामा लगाएत नेताहरुको उपस्थिति रहेको थियो।

मनिष बिस्वकर्माको सभापतित्वमा भएको कार्यक्रममा ५० जना भन्दा बढी कांग्रेस, एमालेलगायत अन्य विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए। पार्टी प्रवेश गर्ने कमरेडहरुलाई माओवादी केन्द्रका नेताहरुले फूलमाला र अबिर लगाएर स्वागत गरेका थिए।
पार्टी प्रवेश गर्नेहरूको उत्साहपूर्ण सहभागिता र नेताहरूको उपस्थिति कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan