
जेठ,३ हेटौंडा :- गत २०८१ चैत्र २७ गते भएको बकैया गाउँपालिका – ३ चिसापानी बजार नजिकै धरान-चौतरा सडक खण्डमा भएको बा.प्र.०६-००१ ख ०२७० नम्बरको रिजर्भ बस राति करिब साँढे ९ बजेको समयमा घुम्तीमा अचानक अनियन्त्रित भएको भिमफेदी गाउँपालिकाको नेतृत्वमा अगुवा किसान कृषि भ्रमण सकिएर फर्कने क्रममा भएको दुःखद सवारी दुर्घटनामा परि गाउँपालिकाको जनप्रतिनिधि, कर्मचारी र स्थानिय कृषकहरु गरि २९ जना घाइते भएको घटनाको बिल भुक्तानी नभएको भन्दै नेकपा माओवादी केन्द्र भिमफेदी गाउँ कमिटिले दुःख व्यक्त गरेका छन् ।
गाउँपालिकाको गम्भीर त्रुटी र लापारबाहीका कारण उक्त दुर्घटनामा परि अंगभंग भई गम्भीर घाइते भएका ४ जना मध्ये ३ जना (भिमफेदी गा.पा. वडा नम्बर ५ को जनप्रतिनिधि वडा सदस्य रिता कुमारी मगर, स्थानिय कृषक श्रीसानी लामा र अनिल स्याद्बो) ले आफ्नो गरिखाने हात नै गुमाउनुपरेको भन्दै पालिकाले ढिला गरेको बताए । हात नै काटिएको अवस्थामा समेत सम्बन्धित निकायले उपचारको लागि विलम्ब गरिरहेको छ ।
गाउँपालिकाले भ्रमणको क्रममा प्रयोग गरेको सवारी साधनसँग कुनैपनी कागजात बिनै सम्झौता गरेर गम्भीर त्रुटि गरेको छ, जस्ले गर्दा अहिले घाइतेहरुको उपचारमा बाधा सिर्जना भई यथोचित उपचारमा विलम्ब भएको र उपचारको क्रममा अस्पतालमा जम्मा गर्न बाँकी भुक्तानि कसले गर्ने भन्ने अन्योलमा परि घाइते र आफन्तजनहरुमा पिडा माथि झन पिडा थपिएको खबरहरु प्रति माओवादी केन्द्र भिमफेदी गाउँ कमिटीको अध्यक्ष बद्री स्याङ्ताले विज्ञप्ति मार्फत गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
यस दुखःद घडिमा सम्पुर्ण घाइतेहरुको उपचारमा कुनैपनि कमि नहोस्, यथाशिघ्र आवश्यक उपचारको प्रबन्ध मिलाउन सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् गाउँपालिका जनता प्रति उत्तरदायि नभएकोले दिनानुदिन बढिरहेको जनआक्रोस विद्रोहमा परिणत भएमा पालिका स्वयम् जिम्मेवार हुने र त्यो अवस्था सम्बन्धित निकायको नियन्त्रण भन्दा बाहिर जान सक्ने जानकारी गराउदै यस घटनाको सत्यतथ्य छानविन गर्न र घाइतेहरुको उपचारको क्रममा देखिएको समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई विशेष ध्यानाकर्षण गर्न बद्री स्याङ्ताले विज्ञप्ति पत्र सार्वजनिक गरेका हुन ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan