
जेठ २,हेटौडा :- थाहा नगरपालिका क्षेत्रको ऐतिहासिक, धार्मिक सम्पदा एवं साँस्कृतिक क्षेत्र व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८१ को परिच्छेद ३ को दफा २ (क) बमोजिम लामालाई नगर प्रमुख स्तरीय निर्णयबाट अध्यक्षमा मनोनयन गरिएको हो । सो दफामा ऐतिहासिक, धार्मिक सम्पदा एवं साँस्कृतिक क्षेत्र विकास समितिको अध्यक्ष नगर प्रमुख वा प्रमुखले तोकेको व्यक्ति हुने व्यवस्था रहेको छ । थाहा नगरपालिकाले नगरका ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्रको संवद्र्धन संरक्षण तथा व्यवस्थापन गर्ने कार्यको शुरुवात अन्तर्गत ऋषेश्वर क्षेत्र विकास समितिको अध्यक्ष मनोनयन गरिएको नगर प्रमुख विष्णु बहादुर विष्टले प्रतिक्रिया दिए ।
देश तथा विदेशसम्म चर्चामा रहेको ऋषेश्वर क्षेत्रमा पूर्वाधार विकासका साथै धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि आफ्नो कार्यकाल समर्पित रहने अध्यक्ष लामाले प्रतिक्रिया दिए । उनले भने–‘प्रमुखत: धार्मिक एबम पर्यटन प्रवद्र्धन नै हो,समितिले यहि कुरालाई केन्द्रमा राखेर कार्ययोजना सहित काम गर्ने विश्वास दिलाउँछु ।’ संस्थागत विकासमा समेत ध्यान दिदै समितिले थप धार्मिक पर्यटन सम्बन्धी प्रवद्र्धनात्मक काम गर्ने लामाको भनाइ छ ।
क्षेत्र विकास समितिका कार्यकाल चार वर्ष रहेको छ । सामाजिक क्षेत्रमा क्रियाशिल लामा थाहानगरपालिका भित्र रहेका विभिन्न सामाजिक संघ सस्थाहरुको मुख्य नेतृत्वमा रहेर काम गरिसक्नु भएको लामो अनुभब र कुशल ब्यबस्थापकको रुपमा समेत चिनिनुहुन्छ।
सामाजिक कार्यमा अब्बल क्षमता र पर्यटन प्रवर्धनका लागि नवप्रवर्तक कार्य गर्नका लागि सँधै अघि सर्ने व्यक्तिको रुपमा अध्यक्ष लामालाइ लिने गरिएको छ।
अध्यक्ष लामा नेकपा माओवादी केन्द्र थाहानगरकमिटिमा दोश्रो कार्यकालको लागि निर्बाचित अध्यक्ष समेत हुनुन्छ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan