
जेष्ठ १,हेटौंडा :- विद्यार्थी दिबस को दिन पारेर अखिल क्रान्तिकारी मकवानपुर ले आज हेटौंडा ११ स्थित डाङ्डुङे मा रहेको मामाघर नेपाल लाई स्टेसनरि सामान बितरण गरेको छ।जिल्ला अध्यक्ष बुद्धराज अर्यालको नेतृत्वमा एक कार्यक्रम का बिच स्टेसनरी सामाग्री बितरण गरिएको हो।
मामाघर नेपालमा हाल २१ जना अनाथ बालबालिका आश्रीत छन। मामाघरमा आश्रीत भान्जा हरुको लागि सायोग पुग्ने उदेश्यका साथ करिब रु दस हजार बराबरको स्टेसनरी सामान सहयोग गरेको थियो।

कार्यक्रममा विद्यार्थी दिबस र त्यसको महत्त्व बारे प्रकाश पार्दै अध्यक्ष अर्यालले आज जेष्ठ १ गते अर्थात् विद्यार्थी दिवस विद्यार्थी आन्दोलनले विजय हाँसील गरेको एतिहासिक दिनको रुपमा यसलाई हरेक वर्ष मनाइदै आइरहेको बताउनु हुँदै विद्यार्थी दिवसको मुल उदेश्य नै गुणस्तरीय शिक्षा,हरेक गरिब निमुखा हरुको लागि शिक्षा र समाजवाद निर्माणको मुख्य आधारशिला समेत भएकोले चेतनाको लागि रचनात्मक आन्दोलन भएको बताउनु भयो।
तत्कालीन समयमा प्रगतिशिल र प्रजातन्त्रवादी दुवै विद्यार्थी संघ हरुले यस दिनलाई विजय उत्सवका रुपमा मनाउने गरेका छन् ।
विद्यार्थी दिवस मनाउनु कारणहरु मिति २०२१ जेष्ठ १ गते त्रिचन्द्र कलेज अगाडीको सरस्वती सदनमा उपत्याका व्यापी अन्तर कलेज सम्मेलन उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो।

सम्मेलनमा उपत्याका भरिका १८ वटा कलेजको सहभागिता थियो। तत्कालीन समयमा वामपन्थी र कांग्रेस समर्थक दुवै विद्यार्थीहरुले भूमिगत रुपमा सल्लाह गरि राष्ट्रिय निर्देशन ऐन–२०१८ खारेज गर्नु पर्ने, स्ववियु स्वतन्त्र हुनु पर्ने, स्ववियु खोल्न पाउने अधिकार बाहली गर्नु पर्ने लगायतका माग उक्त सम्मेलन मार्फत् अगाडी सारेका थिए। स्ववियुहरूलाई अञ्चलाधिशको मातहत ल्याउने षडयन्त्र सहित राष्ट्रिय निर्देशन ऐन जारी भएकोले त्यसको खारेजी पहिलो माग बनेको थियो।
सम्मेलनको सुरु भएको करिव आधा घण्टापछि प्रहरीले थाहा पाएर सम्मेलन स्थललाई घेरा हाली
विद्यार्थी माथि व्यापक दमन र धरपकड गर्यो। सयौ विद्यार्थी घाइते भए भने एक सय ५० भन्दा बढी विद्यार्थीहरु गिरफ्तार भए। प्रहरी दमन र विद्यार्थी गिरफ्तारी विरुद्ध उपत्याकामा हड्ताल शुरु भायो। आन्दोलनले व्यापक रुपमा फैलिदै गएपछि पञ्चायती सरकार घुँडा टेक्न बाध्य भयो।
फल स्वरुप स्ववियु स्वतन्त्र भयो भने स्ववियु खोल्न पाउने अधिकार पुर्नवाहली गर्यो।बन्दी विद्यार्थीहरु रिहा भए । विजयको प्रतिक स्वरुप स्ववियुलाई स्वतन्त्र बनाउने यहि ऐतिहासिक दिनलाइ स्मरण गर्दै जेष्ठ १ गते विद्यार्थी दिवसको रुपमा मनाउने अभ्यास शुरु भयो।

यसपछि पनि पटकपटक स्ववियुको स्वतन्त्रता हरण गर्ने प्रपञ्च पञ्चायती सरकारले गरिनै रह्यो। जति पटक यस्तो षडयन्त्र रचेपनि पञ्चायत कहिल्यै सफल भएन।विद्यार्थी आन्दोलनको सामु घुँडा टेकेको त्यो दिनको विद्यार्थीहरुको बलिदानी र एतिहासिक दिनको गौरबपुर्ण दिनको स्मरण समेत गर्नु भएको थियो
कार्यक्रम सन्चालन अखिल क्रान्तिकारी मकवानपुर अध्यक्ष बुद्दराज अर्याल ले गर्नु भएको थियो।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan