राक्सिराङ्गका एक कृषकको लोभलाग्दो प्याज खेती,परिक्षण कालमै राम्रो उत्पादन लिन सफल

जेष्ठ १,हेटौंडा :- राक्सिराङ गाउँपालिकामै पहिलो पटक परिक्षणको लागि लगाईएको ब्याबसायिक प्याज खेती सफल भएकोछ । राक्सिराङ्ग ३ नम्बर वडा लावती निवासी सुबिराज स्याङ्तानले परिक्षणको लागि लगाईएको प्याज खेती सफल भएपछी थप उत्साहित भएकाछन्।

करिब  २५ गट्ठामा ( रेड कृयल) जातको प्याजले राम्रो उत्पादन दिएकोछ । उनी  परिक्षणको लागि लगाईएको प्याज खेतीबाटनै एक सय क्युईन्टल भन्दा बढी प्याज उत्पादन गर्न सफल भएकाछन्। पानीको अभाव र श्रम शक्तिको अभावका बिच पनि उनी कुल उत्पादन क्षमताको एक चौथाई प्याज उत्पादन गर्न सफल भएकाहुन् ।

रेड कृयल जातको प्याजको उत्पादन क्षमता एक गट्ठामा २० क्युईन्टल सम्म हुने गरेकोमा स्याङ्तानले  सरदरमा ४ देखि ५ क्युईन्टल प्याज उत्पादन गर्न सफल भएकाहुन्। यो जातको प्याज नफुल्ने भएकोले अन्य जातको प्याज भन्दा  उत्पादनमा वृद्धि हुने गर्दछ । त्यस्तै यो जातको प्याज अन्य जातको प्याज भन्दा उम्रने दरमा पनि राम्रो रहेकोछ । बाहिरी बोक्रो पातलो हुने भएकोले यो जातको प्याजलाई झण्डै ७ देखि ८ महिना सम्म स्टोर गरेर राख्न सकिने उनको भनाईछ ।

प्याज खेतीको क्रममा उनको लागत ( जग्गा भाडा, बीउ खरिद र ज्याला) गरि लगभग  १ लाख ८० हजार खर्च भएको उनको भनाई रहेकोछ । गाउँमा प्याज खेती गरेको थाहा पाएपछी खुद्रा पसले तथा स्थानियहरुले ४०/५० किलोग्राम अडर गर्नेको सन्ख्या थपिदै गएको उनले थपे पुर्ण रुपमा आर्गनिक उत्पादन भएकोले पनि प्याज माग्नेको लर्को लाग्ने गरेकोछ ।

बर्षमा २ सिजनसम्म खेती गर्न सकिने यो प्याज खेतीलाई क्षेत्र बिस्तार गर्ने योजनाका साथ मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरेमा झण्डै १ बिगाह क्षेत्रफल जग्गा भाडामा लिईसकेको बताए । मनहरी र राक्सिराङ्ग गरि ३ बिगाह क्षेत्रफलमा मल्चिङ सहितको व्यावसायिक प्याज खेती गर्ने योजना रहेको बताए ।

लामो समय शिक्षण पेशामा आवद्ध स्याङ्तानको लोभलाग्दो प्याज खेती र सफलतामा राक्सिराङ्ग गाउँपालिकाले लघु उद्यम बिकास शाखा मार्फत कोल्ड स्टोर उपलब्ध गराउने प्रक्रिया शुरु गरेकोछ । अहिले
प्याजको बजार भाउ प्रती किलोग्राम ४० रुपैयाँ रहेकोछ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.