
बैशाख ३०,हेटौंडा :- जनता समाजवादी पार्टी नेपाल मकवानपुर जिल्ला समितीले जनकपुरधाममा यहि बैशाख २७ र २८ गते भएको समाजवादी महिला संघ नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन बाट केन्द्रिय सदस्यमा निर्बाचित मकवानपुरका गिता कार्की र सुशिला घलान लाइ बधाई एबम शुभकामना कार्यक्रम गरेको छ ।
कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य मेजर मान मोक्तानले मुलुकमा लोकतन्त्रविरोधी शक्तिहरुले संघीय गणतन्त्रलाई समाप्त पार्ने खेल खेलिरहेको टिप्पणी गरेका छन् । समाजवादी महिला संघमा निर्वाचित केन्द्रीय सदस्य दुबै मकवानपुरकी चेलीहरूलाई द्रुत रुपमा अघि बढ्न र कार्यकालको सफलताको शुभकामना दिएका छन् ।
त्यस्तै कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल बागमती प्रदेश सयोजक जिवन लामा तामाङले विगतको २५० वर्षको निरङ्कुश शासनमा महिलाहरुका लागि समानता कतै नभएको उनले बताए ।
कार्यक्रम सभाध्यक्ष जनता समाजवादी पार्टी नेपाल मकवानपुर जिल्ला समिती अध्यक्ष उत्तम गोम्जाले केन्द्रीय सदस्यमा निर्वाचित दुबैलाई बधाई दिदै उनले अहिले महिलाको ३३ प्रतिशत सहभागिता भए पनि राज्यको हरेक अंगमा महिलाको ५० प्रतिशत सहभागिता हुनुपर्नेमा जोड दिए । समानताको परिकल्पना जनता समाजवादी पार्टीबाहेक अन्य कुनै पार्टीमा नभएको उनले बताए ।
कार्यक्रममा अतिथि हरी सीं वाइबा लगायत जिल्ला पार्टीका नेताहरूको उपस्थित रहेको थियो भने कार्यक्रम संचालन जिल्ला सचिव मिन बहादुर लामाले गरेका थिए ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan