प्रेस सेन्टर नेपाल बागमती प्रदेश र मकवानपुरले नेपाल सरकारलाई बुझायो समसामयिक सवालमा ज्ञापनपत्र

वैशाख २८,हेटौँडा :-  पत्रकारको हकहित र सुरक्षाको माग गर्दै प्रेस सेन्टर नेपाल  मकवानपुरले प्रमुख जिल्ला अधिकारी र बागमती प्रदेश सरकारलाइ ज्ञापनपत्र बुझाएको छ ।
केन्द्रीय कार्यक्रम अनुसार प्रेस सेन्टर बागमती प्रदेश समितिले प्रदेश सरकारलाई र जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीलाई आइतबार ज्ञापनपत्र बुझाएका हुन् । प्रेस सेन्टर बागमती प्रदेश अध्यक्ष ध्रुव अधिकारी नेतृत्वको टोलीले आन्तरिक मामिला तथा कानून मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख पदम ओझा मार्फत् मन्त्री सुरजचन्द्र लामिछानेलाई ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्रमा पछिल्लो समय सञ्चारकर्मीमाथि विभिन्न खालका आक्रमण हुन थालेको प्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित बन्न थालेकामा दुख व्यक्त गर्दै प्रेस स्वतन्त्रताको संरक्षणका लागि समयसापेक्ष सञ्चार कानुन निर्माणको माग गरिएको छ ।


१७ बुद्धे ज्ञापनपत्रमा पत्रकारको हत्या छानविन, बेपत्ता पारिएका पत्रकारको अवस्था सार्वजनिकको माग,न्यूनतम पारिश्रमिकको कार्यान्वयन, मन्त्रालयले प्रदान गर्दै आइरहेको पत्रकारिता पुरस्कार तथा सम्मान कार्यक्रमको बजेट वृद्धि, प्रदेश तहका विज्ञापनको समानुपातिक वितरण, पत्रकारका लागि सामाजिक सुरक्षा कोषको व्यवस्था, सञ्चार तथा सवारी साधन खरीदमा भन्सार छुट लगायतका माग समावेस गरि प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिले ज्ञापनपत्र बुझाएको हो।

यस्तै, जिल्ला कार्यसमितिको तर्फबाट प्रेस सेन्टर मकवानपुरका अध्यक्ष एमपी शर्मा पौडेलले प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई १० बुद्धे ज्ञापनपत्र बुझाउनुभएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जिल्लाको शान्ति सुरक्षा कायम राख्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै निर्धक्क भएर पत्रकारिता गर्न आग्रह गर्नुभयो ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा प्रेस सेन्टरका केन्द्रिय सदस्य,बागमती प्रदेश पदाधिकारी तथा सदस्य र मकवानपुर जिल्ला कमिटीका पदाधिकारी,सदस्य लगायत प्रेस सेन्टरकर्मीहरुको उपस्थिती रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.