
बैशाख २४,हेटौंडा :- नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका कमिटीको अध्यक्षमा प्रदीप अर्याल सर्वसम्मत चयन हुनुभएको छ।नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला पार्टी कार्यालयमा बुधबार बसेको बैठकले अर्यालको अध्यक्षतामा सर्वसम्मत ७५ सदस्यीय नगर कमिटी चयन गरिएको हो ।

गत पुष २० गते नगर सम्मेलन सम्पन्न गरेको नेकपा माओवादी केन्द्रले ४ महिनापछि आज नेतृत्व चयन गरेको हो ।
नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका कमिटीको उपाध्यक्षमा लबराज ठकुरी,गुणराज घिमिरे (शंकर), शोनी गुरुङ र,सचिवमा तारादेवी मोक्तान,सहसचिवमा चमेलीमाया सिंजाली,कोषाध्यक्षमा गोकुल बैज्यु चयन हुनुभएको छ । नवनिर्वाचित कमिटीले १६ जना सदस्य मनोनित गर्नेछ । नवनिर्वाचित समितिको कार्यकाल २ वर्षको हुनेछ ।
बैठकमा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा बागमती प्रदेश सासंद कुमारी मोक्तान, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवंम मकवानपुर जिल्ला इन्चार्ज विजय गौतम, केन्द्रीय सदस्य तथा हेटौंडा उपमहानगर इन्चार्ज प्रल्हाद लामिछाने, बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रेमबहादुर पुलामी, प्रदेश कमिटी सचिवालय सदस्य ललितबहादुर घलान, सर्केस घलान,मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, सचिव बिर बहादुर घलान (ज्वाला), माओवादी केन्द्र बागमती प्रदेश सदस्य बिबेक राई लगायतको उपस्थिति रहेको थियो ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan