हेटौंडामा टिभिएसको एक्सचेन्ज मेनिया

बैशाख २३,हेटौडा :- टिभिएस मोटरसाइकलले नयाँ बर्ष २०८२ को उपलक्ष्यमा विभिन्न सुविधासहित एक्सचेन्ज मेनिया कार्यक्रम सञ्चालन गरेको छ ।
हेटौंडामा जगदम्बा मोटर्सको आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टसले आफ्ना ग्राहकलाई लक्षित गर्दै टिभिएसको एक्सचेन्ज मेनिया कार्यक्रम सञ्चालन गरेको सञ्चालक कन्चन बुढाथोकीले बताए। एक्सचेन्ज अफरअन्तर्गत ग्राहकले एक लाख रुपैयाँसम्म छुट पाउनेछन् ।
कार्यक्रममा जस्तोसुकै पुरानो बाइक वा स्कुटरको न्युनतम ३० हजार रुपैयाँको मूल्यांकन सुविधा,आकर्षक फाइनान्सिङ योजना अन्तर्गत ग्राहकले ७.९९ प्रतिशत ब्याजदरमा १८ महिने सरल किस्ताबन्दीमा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने अवसर रहेको छ ।

सञ्चालक बुढाथोकीका अनुसार एक्सचेन्ज मेनिया कार्यक्रम बैशाख २१ गतेदेखि २६ गतेसम्म हेटौंडाको रानीदरवार अगाडिको टिभिएस सोरुममा सञ्चालन हुनेछ ।
अफरअन्तर्गत मोटरसाइकल तथा स्कुटर खरिदमा ग्राहकले हेल्मेट निःशुल्क पाउने छन् । साथै, टिभिएस लाइफ टाइम वारेन्टी पनि उपलब्ध हुनेछ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.