सहिद परिवारको घरमा अध्यक्ष प्रचण्डको बास

बैशाख १७,कंचनपुर :- जनयुद्धमा श्रीमान् पुस्कर शर्मा र कान्छो छोरा हेमराज शर्मा गुमाएकी आमा खिमा शर्माको घरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बास बस्नुभयो ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–२, मोतिबस्तीस्थित सहिद परिवारको घरमा अध्यक्ष प्रचण्ड नेतृत्वको अभियान टोली मंगलबार साँझ पुगेको थियो। खिमा शर्मा अहिले आफ्नो जेठो छोरा शर्मासँग बस्दै आउनु भएको छ ।

जनयुद्वमा यस ठाउँबाट ज्यान उत्सर्ग गरेका १५ जना सहिदमध्ये खिमा शर्माको परिवार पनि एक हो।
अध्यक्ष प्रचण्डद्वारा शोभा ताल पर्यटकीय क्षेत्रको अनुगमन तथा अवलोकन गर्नुभएको छ।

स्थानीय पर्यटन प्रवर्द्धनको सम्भावना बोकेको शोभा तालको अवस्था बुझ्न तथा विकासका आवश्यक पक्षहरू अवलोकन गर्न अध्यक्ष प्रचण्ड क्षेत्रीय भ्रमण अन्तर्गत उक्त स्थल पुग्नुभएको हो।

उहाँले तालको संरक्षण,प्रवर्द्धन र पूर्वाधार विकासका लागि आवश्यक पहल तथा सहयोग  प्रतिवद्धता जनाउनु भयो।

नेकपा (माओवादी केन्द्र) बेलौरी नगर कमिटीको आयोजनामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको पुनर्वास नगरपालिका–५ स्थित शोभा ताल प्राङ्गणमा सहिद तथा बेपत्ता परिवारहरूसँग भेटघाट गर्नुभएको छ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धको क्रममा अमूल्य बलिदान दिने ३८ जना सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै, उहाँहरूको परिवारप्रति सम्मान व्यक्त गर्नुभयो।

भेटघाट कार्यक्रममा सहिद परिवारका सदस्यहरूसँग आत्मीय संवाद गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धको योगदान र सहिदहरूको बलिदानलाई संस्थागत रूपमा स्मरण गर्दै न्याय, सम्मान र समानताको मार्गमा अघि बढ्ने प्रतिबद्धता दोहोर्‍याउनुभयो।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.