राक्सिराङ गाउँपालिकामा चट्याङ जोखिम पुर्ब सुचना यन्त्र जडान

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले राक्सिराङ्ग उच्च विपद् जोखिमयुक्त क्षेत्र भएकाले यस्तो प्रविधिको अत्यावश्यक रहेको बताए। “पूर्व जानकारी पाउने व्यवस्था भएपछि हामीलाई चट्याङ्गबाट सचेत गराउन र सुरक्षाका उपाय अपनाउन सहज हुनेछ,” अध्यक्ष मल्लले बताए।

स्थानीय स्तरमा यस प्रविधिको स्थापना हुँदै गर्दा समुदायमा चट्याङ्ग प्रति सचेतना अभिवृद्धि हुने र समयमै सुरक्षित ठाउँ खोज्न सकिने सम्भावना देखिएको उहाँले बताउनु भयो।

राक्सिराङ्ग गाउँपालिका देशकै सबै भन्दा बढी मानवीय क्षती हुने स्थानिय पालिका अन्तर्गत पर्ने गर्दछ ।

प्राविधिक टोलीले आगामी यथासिघ्र सबै साइरन यन्त्रहरू जडान सम्पन्न गरिने जनाएको छ । वडा नम्बर १ को राम्चे, वडा २ र ३ को भाट्टी, वडा ४ को वडा कार्यालय, वडा ५ को चैनपुरमा मुख्य सेन्सर सहितको साइरन, वडा ६ को सिलिङ्गेको विद्यालय भवन, वडा ७ को गर्लिङ, वडा ८ को पाङ्बुङ र वडा ९ को प्रहरी चौकी कन्द्राङमा साइरन प्रणाली राखिनेछ ।

पिपुल इन निडको आर्थिक सहयोग र साउथ एशियन लाइट्निङ नेटवर्कको प्राविधिक सहयोगमा एउटा मुख्य सेन्सर र आठवटा साइरन सिस्टम वितरण गरिएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेत, वडा नम्बर १ देखि ९ सम्मका वडाध्यक्षहरू तथा प्राविधिक समूहको उल्लेखनीय उपस्थिति रहेको थियो।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.