
वैशाख १६, कञ्चनपुर :- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको अभियान टोलीलाई कञ्चनपुरको पुनर्वास नगरपालिकामा विशेष स्वागत तथा अभिनन्दन गरिएको छ। नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगरप्रमुख तोयाप्रसाद शर्माले अध्यक्ष प्रचण्ड सहित अभियान टिमलाई स्वागत तथा अभिनन्दन गर्नुभएको हो।

कार्यक्रमका क्रममा मेयर शर्माले पुनर्वास नगरपालिकाको समग्र विकासका लागि आवश्यक विषयहरू समेटिएको एक ज्ञापनपत्र पनि अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गर्नुभयो। अध्यक्ष प्रचण्डले टेक्निकल इन्स्टिच्युट सञ्चालन गर्न , स्थानीय भन्सार समस्याको समाधान गर्न , खेलकुद तथा रंगशाला निर्माण गर्न सहयोग सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan