
वैशाख १४, टोकियो :- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )निकट प्रवासी संगठन नेपाली जनप्रगतिशील मञ्च जापानको बिशेष आन्तरिक भेला सम्पन्न भएको छ। आईतबार राजधानी शहर टोकियोको ओकुबोमा कान्तो क्षेत्रको सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण सँगै विशेष आन्तरिक भेला एक कार्यक्रमका बिच सम्पन्न भएको मञ्चका अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो। “समाजवादी गणतन्त्र निर्माणमा प्रवासी नेपालीको ऐक्यबद्धता, सामाजिक सुरक्षासहित मजदूर हकहितका लागि जनप्रगतिशिल मन्चको प्रतिबद्धता” भन्ने मुल नाराका साथ भएको कार्यक्रममा देशको वर्तमान राजनैतिक अवस्थाको बारेमा चर्चा सँगै विभिन्न महत्वपुर्ण विषयहरूमा केन्द्रित भएर सम्पन्न भएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो। नविकरण तथा नयाँ सदस्यता वितरण सँगै मञ्चले आजनै प्रमिला राईको संयोजक्त्वमा किराती राष्ट्रिय मुक्ति मोर्चा नेपाल जापान र भुपेन्द्र बहादुर शाहीको संयोजक्त्वमा कर्णाली मुक्ति मोर्चा जापानको आयोजक समिति समेत निर्माण गरेको छ। मञ्चका अध्यक्ष मोहन पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी एसिया प्रदेश संगठन समिती सह-संयोजक तथा पुर्बी महाशाखा इन्चार्ज डा.भुपालमान श्रेष्ठ , एसिया प्रदेश संगठन समिती सदस्य पुर्बी माहाशाखा सचिब तथा जापानका लागि पर्यटन दुत रामहरी पुडासैनी किराती राष्ट्रिय मुक्ती मोर्चा नेपालका उपमहाचिब बसन्त राइको विशेष आतिथ्यता रहेको थियो भने नेपाली जनप्रगतिशिल मञ्च जापानका उपाध्यक्ष आर एच गौतमले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan