नेपाल शिक्षक महासंघमा भएको दमनको विरुद्ध प्रेस वक्तव्य

विद्यालय शिक्षा ऐनलगायतका माग राखेर शान्तिपूर्ण ढंगले आन्दोलनरत शिक्षकहरु र समाचार संकलन गरिरहेका संचारकर्मीमाथि भएको नृशंस दमनको हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ। नेपाल शिक्षक महासंघको नेतृत्वमा विगत २५ दिनदेखि सडकमा ओर्लिएका देशभरका शिक्षकसँग छलफल गरी समस्या समाधान गर्नुको सट्टा दबाउन उद्यत हुनु निन्दनीय छ।
शिक्षकहरुमाथि भएको सरकारी दमनले गुरुवर्गको मात्र होइन समस्त बौद्धिक जगतको आत्मसम्मानमा चोट पुगेको छ। यो कार्य सरकारको विवेकशुन्य र गैरजिम्मेवारीको पराकाष्ठामात्र होइन समस्या समाधान गर्न सर्वोच्च अदालतले गरेको आदेशको समेत ठाडो उल्लंघन हो।
यो घटनाबाट सरकार शिक्षकहरुसँग इमान्दारीपूर्वक सार्थक वार्ता गर्नुको सट्टा घुसपेठ गराउने, फुटाउने र दमन गर्नेतिर उद्दत देखिंदै छ भनी गरिएको आशंका पुष्टि भएको छ। बहुमतको दम्भ र अहंकार त्यागी निकासका लागि सरकारले गम्भीरतापूर्वक पहल गरोस्। अझै पनि शिक्षकलाई तर्साउने, गलाउने र थकाउने काममा सरकार लाग्नु भनेको परिस्थितिलाई थप भड्काउनु हो।
हाम्रो पार्टी यसप्रकारका हर्कतहरु तुरुन्त बन्द गर्न र इमान्दारीपूर्वक वार्तामार्फत् शिक्षकका माग पूरा गरी छिटोभन्दा छिटो शिक्षकहरुलाई कक्षा कोठामा फर्काउने वातावरण बनाउन पनि माग गर्दछ।
साथै, हाम्रो पार्टी आजको दमनबाट गम्भीर घाइते भएका शिक्षकहरु एवं संचारकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.