प्रेस सेन्टर नेपाल पार्टीको प्रचार जर्नेल सेना : प्रचण्ड

बैशाख १३,काठमाडौँ :- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिले अहिले माओवादीहरूसँग बन्दुक नभएकाले प्रचार संयन्त्रमार्फत नै बुर्जुवाहरूसँगको लडाइँ लड्नुपर्ने बताएका छन्। आइतबार काठमाडौँमा आयोजित प्रेस सेन्टर नेपालको पाँचौ रास्ट्रीय महाधिवेशन शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अहिले आफूहरूसँग बन्दुक नरहेकाले प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्ने बताएका हुन्।


उनले अहिले बन्दुक चलाएर अगाडि जाने परिस्थिति पनि नभएको बताए। उनले भने, ‘अहिले हामीसँग बन्दुक छैन। बन्दुक चलाएर अगाडि जाने परिस्थिति पनि होइन। त्यस कारण हामीसँग अब प्रचार संयन्त्रमार्फत नै हामीले बुर्जुवाहरूसँग लडाइँ लड्नुपर्छ। प्रचार संयन्त्रमार्फत नै वैदेशिक प्रतिक्रियावादसँग लड्नु छ। देशभित्रका सबै यथास्थितिवादीसँग र प्रतिगामी षड्यन्त्रका विरुद्ध लड्नु छ। त्यसैले यो क्षेत्रलाई पार्टीले उच्च प्राथमिकतामा राखेको छ। पार्टीको यो प्राथमिकतालाई ठिक ढंगले नै बुझ्नुभएको महसुस मैले गरेको छु।’
अध्यक्ष प्रचण्डले अहिले देशको राजनीति निकै पेचिलो परिस्थितिबाट अगाडि बढेको समेत बताए।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरुको रणनीति असफल भइसकेको दाबी समेत गरेका छन् ।
प्रेस सेन्टर नेपालको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजावादीहरुको सक्रियता बढेपछि आफूहरुले शान्तिपूर्वक प्रतिवाद गरेको बताए ।
प्रचण्डले भने,‘राजावादीहरुको करिब करिब उनीहरुले भन्ने गरेको र गर्ने गरेको होहल्ला र रणनीति पूर्णतःअसफल भइसकेको छ। अहिले हामीले भन्नुपरेको छैन,अरुअरुले पनि भन्न थालेका छन्,असफल भयो । त्यो भनेको जनता सफल भए, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरको हैसियतले हामी सफल भयौं ।’
उनले आउने दिनमा पनि राजावादी भनाउँदाहरुले बितण्डा मच्चाउनसक्ने भएकाले जनतालाई सचेत बनाउनुपर्ने बताए ।
प्रचण्डले भने,प्रतिक्रियावादी र प्रतिगामी शक्तिहरुलाई खबरदारी गर्ने जिम्मेवारी हाम्रो काँधमा छ । तपाईं प्रचार सेनाको जर्नेल हुनुको नाताले अझै बढी संवेदनशील र गम्भीर हुन आबश्यक रहेको बताउनु भयो।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.