जिल्ला अध्यक्ष श्रीधर पोख्रेल चडेको स्कुटर दुर्घटना

बैशाख १३,हेटौंडा :- नेकपा एमाले मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेल स्कुटर दुर्घटना बाट सख्त घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।

चैत १३ गते बिहान अन्दाजी ८ बजेको समयमा हेटौंडा उपमहानगरपालिका ५ पुष्पलाल पार्क अगाडी भित्री सडकमा स्कुटर दुर्घटना भएको हो ।

पोखरेल घर बाट हेटौंडा बजार निस्कने क्रममा दुर्घटना भएको खुलेको छ । पोखरेल बा.प्र ३-००१-प-५८०७ नम्बरको आफैले चलाएको स्कुटर एक्कासि ब्रेक फेल भै अनियन्त्रीत  हुँदा दुर्घटना भएको प्रहरीले बताएको छ ।

स्कुटर दुर्घटनामा घाइते भएका नेकपा एमाले मकवानपुर अध्यक्ष श्रीधर कुमार पोखरेलको अहिले हेटौडा अस्पतालको अईसियु कक्षमा उपचार भैरहेको छ । दुर्घटनामा घाइते पोखरेलको टाउको, निधार तथा दाँया हातमा चोट लागेको र पछिल्लो अवस्था उनि अचेत अवस्थामानै रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुचना अधिकारी श्यामु अर्यालले जानकारी दिनु भएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.