
बैशाख ६,हेटौंडा :- अखिल नेपाल औधोगिक मजदुर संघ जिल्ला समिति मकवानपुरको नवौं जिल्ला अधिवेशन सम्पन्न भएको छ।अधिवेशनले शंकर विडारीको अध्यक्षतामा १७ सदस्यीय समिति सर्वसम्मत निर्वाचित गरेको छ ।
शनिबार हेटौंडा औद्योगिक क्षेत्रको उध्योग सघंको सभाहलमा सम्पन्न अधिवेशनबाट अध्यक्ष विडारीको नेतृत्वको नया कार्यसमितिमा उपाध्यक्ष जयराम धिताल, गोमा न्यौपाने, धर्मदत्त कुईंकेल, सचिव श्री कृष्ण भण्डारी,सह-सचिव रोहित गिरी,कोषाध्यक्ष शिवराज सन्जेल सर्वसम्मत निर्वाचित भएका छन् ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज बिजय गौतम प्रमुख अतिथिले मजदुरहरुलाई अदक्षबाट दक्ष बनाउँन, सामाजिक सुरक्षा कोषमा समावेश गराउन, ट्रेड युनियनले ग्यारेन्टी गरेका अधिकारको रक्षा र कार्यान्वयन गर्नमा दबाब सिर्जना गर्न र मजदुरको हरेक समस्या समाधानको लागि पार्टीले मजदुरलाई अग्रभागमा राखेर मजदुरको अधिकारको लागि लड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
सम्मेलनमा अखिल नेपाल औधोगिक मजदुर संघका केन्द्रीय अध्यक्ष विशिष्ट अतिथी वेनी तिमल्सिना, अतिथिहरूमा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, नेकपा (माओवादी केन्द्र) मकवानपुर सचिव बिर बहादुर घलान (ज्वाला), नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सदस्य तथा मकवानपुर मज्दुर फ्याक्सन इन्चार्ज विवेक राई, हाेम ब खडका, रामशरण घिमिरे, अमृत वल, विष्णु राना लगाएत ट्रेड युनियनका नेताहरूको उपस्थित रहेको थियो ।
सो अधिवेशनको सभाध्यक्षता ज्ञानेन्द्र लामिछानेले गरेका थिए भने कार्यक्रम संचालन अखिल नेपाल औधोगिक मजदुर संघ जिल्ला समिति मकवानपुरका सचिव जयराम धितालले गरेका थिए ।
नव निर्वाचित अध्यक्ष शंकर विडारीले मजदुरको कानुनी रुपमा पाउनुपर्ने सेवा सुविधा दिलाउन प्रतिबद्ध भएर लाग्ने र मजदुरको हकअधिकार सुरक्षित गर्न अखिल नेपाल औधोगिक मजदुर संघ जिल्ला समिति मकवानपुर प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan