मकवानपुरगढीमा इभी गाडी दुर्घटना दुइ जनाको मृत्यु

बैशाख ५,हेटौंडा :- मकवानपुरगढीमा इभी गाडी दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ । एक जनाको उपचारको क्रममा र एक जनाको दुर्घटना भएको स्थानमानै मृत्यु भएको हो । अरु १३ जना यात्रु घाइते भएका हुन् । आज विहान १ बजेको समयमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २,धरमपानी स्थित कान्तिलोक पथ सडकखण्डमा काठमाडौ तर्फबाट हेटौडा तर्फ आउदै गरेको बा प्र ०१–००६ ख ७०७२ नम्बर इभी गाडी दुर्घटना मा दुइ जनाको मृत्यु भएको र अरु १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए । दुर्घटनामा रौतहट दुर्गा भवानी गाउँपालिका वडा नम्बर ५ बस्ने ५० वर्षकी निलम देवी राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । त्यसैगरी सर्लाही बागमती गाउँपालिका वडा नंबर ७ बस्ने १३ वर्षकी मानुसी मगरको घटनास्थलमानै मृत्यु भएको हो । उनलाई प्रहरीले खोजतलास गर्ने क्रममा आज बिहान साढे ५ बजे मात्र दुर्घटनास्थल नजिक खोल्सामा मृत अबस्थामा फेला परेको थियो । दुर्घटनामा घाइतेहरु १४ जनाको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिमा आएको गाडी मोडबाट तल खसेको प्रहरीको अनुमान छ । सडकबाट गाडी करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता अर्यालले बताए । गाडी पूर्णरुपमा क्षति भएको छ । चालक सर्लाही बागमती गाउँपालिका ५ का २९ वर्षीय कमलबहादुर दर्लामी पनि घाइते भएका छन्। उनको उपचार प्रहरीको निगरानीमा भइरहेको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.