
चैत्र २९,हेटौंडा :- शुक्रबार मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गढी गाउँपालिका-५ सिमलटार बस्ने ५५ वर्षीय भुमि नन्द तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो।शुक्रबार विहान अन्दाजी ८:४० बजेको समयमा तिमल्सिना आफ्नै घरमा कोठा सफा गर्ने क्रममा अचानक करेन्ट लागी घाईते भएका थिए ।
घाइते भएका उनलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा विहान ९:२२ बजेको समयमा डाक्टरले मृत घोषणा गरेका हुन् ।
घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan