
चैत्र २९,हेटौंडा :- मकवानपुर जिल्लाको दश पालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि १ अर्ब २३ करोड २२ लाख रुपियाँ राजस्व बाँडफाँडबाट अनुदान पाउने भएका छन्।गत १८ चैतमा बसेको मन्त्रीपरिषदको बैठकल २०८२-८३ देखि २०८६-८७ सम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँडको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको हो ।
मकवानपुरको दस वटा पालिकामध्ये सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाले २२ करोड ८५ लाख राजस्व रकम पाउने भएको छ भने दोश्रोमा बकैया गाउँपालिकाले १५ करोड ५५ लाख र तेश्रोमा बागमती गाउँपालिकाले १४ करोड ६ लाख रुपियाँ बजेट पाउने भएका छन् भने सबै भन्दा कम इन्द्रसरोवर गाउँपालिकाले ६ करोड ७५ लाख पाउने भएको छ ।
त्यस्तै मनहरी गाउँपालिकाले १३ करोड ७६ लाख रुपियाँ, थाहा नगरपालिकाले १० करोड ७० लाख, कैलाश गाउँपालिकाले ९ करोड ६७ लाख, मनहरी गाउँपालिकाले १३ करोड ७६ लाख रुपियाँ, राक्सिराङ गाउँपालिकाले १० करोड ६१ लाख, पाउने भएको छ ।यता भीमफेदी गाउँपालिकाले ९ करोड ८९ लाख, रुपैया पाउने भएका छन।
त्यस्तै मकवानपुरगढी गाउँपालिकाले ९ करोड ३८ लाख रुपियाँ पाउने भएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले उल्लेख गरेको छ । आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तह दुवैमा समान ७८ अर्ब ८ करोड ५० लाख रुपियाँ बजेट बाँडफाँड हुनेछ । जुन १ खर्ब ५६ अर्ब रुपियाँ हुन आउँछ ।सङ्घीय सरकारले उठाउने राजस्वमध्ये आन्तरिक लाग्ने मूल्य अभिवृद्धि कर र अन्य शुल्कबाट उठेको रकम बाँडफाँड गरिन्छ।यसको ७० प्रतिशत हिस्सा संघले राख्दछ। त्यस्तै बाँकी ३० प्रतिशत भने प्रदेश र स्थानीय तहमा १५/१५ % प्रतिशतका दरले बाँडफाँड गरिन्छ ।
सोहि आधारमा आगामी आर्थिक वर्षमा सरकारले अनुमानित राजस्वबाट शुत्रका आधारमा प्रदेश सरकार र सबै स्थानीय तहले पाउने रकम सार्वजनिक गरेको हो । त्यस्तै बागमती प्रदेश सरकारले ८ अर्ब २८ करोड ५४ लाख रुपियाँ वित्तीय समानीकरण अनुदान पाउने छ । जसमध्ये न्यूनतम २ अर्ब ७१ करोड ६५ लाख, शुत्रमा आधारित ५ अर्ब २१ करोड ९ लाख र कार्य सम्पादनमा आधारित अनुदान ३५ करोड ८० लाख रुपियाँ छ ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan