
चैत्र २८,चैत्र :- नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले भ्रष्टाचारको आहालमा डुबेको सरकार र त्यसका प्रमले देशमा भ्रष्ट्राचार भएको शंका छ भन्न लाज मान्नुपर्ने बताएका छन्। सरकारका हरेक निर्णयहरु भ्रष्ट्राचारीलाई प्रोत्साहित गर्ने गरि हुन थालेको नेता गौतमको टिप्पणी छ।
अनेरास्ववियू (क्रान्तिकारी) बनबिज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पस समितिद्वारा आयोजित स्वागत,सम्मान,बिदाई तथा बृहत् सॅास्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले भने, सरकारले सुशासनलाई कुन चराको नाम हो जस्तो बनाएको छ। नियुक्तिहरुको निर्णय ‘सेटिंग’वालाले गर्न थालेका छन राम्रो गर्नेलाई घोक्राईको छ र पनि प्रधानमन्त्रीले भ्रष्ट्राचार विरोधी जस्तो रवाफ देखाउदा के गर्निलाई भन्दा देख्नेलाई लाज भनेजस्तो भएको छ। भ्रष्ट्राचार र ओली सरकार पर्यावाची जस्तो देखिएको नेता गौतमले जिकिर गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै मकवानपुर जिल्ला समन्वय प्रमुख ललित घलानले सरकारको कुशासनले व्यवस्था बिरोधीलाई समेत मलजल गरेको बताए। कार्यक्रममा बन प्राविधिक समाज,बागमतिका अध्यक्ष बसन्तराज गौतमले बिध्यार्थीहरुले विकृति र विसंगतिको भण्डाफोर गर्नुपर्ने बताए।
कार्यक्रममा अखिल (क्रान्तिकारी) मकवानपुरका सचिव छोईसांग लामा,फरेष्ट्रीका नेता अमृत देवकोटा बनबिज्ञान अध्ययन संस्थानका क्याम्पस प्रमुख शिवकुमार मानजन, उपप्राध्यापकद्वय शैलेन्द्र यादव, ज्ञानबन्धु शर्मा लगायतले मन्तव्य राखेका थिए।
क्याम्पस समितिका अध्यक्ष रोशन राश्कोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवआगन्तुक विध्यार्थीलाई स्वागत तथा उत्तिर्ण बिध्यार्थीहरुलाई मायाको चिनो दिएर बिदाई गरेका थिए।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan