संघीयताको कसीमा तहगत अन्तर्सम्बन्ध” विषयक छलफल कार्यक्रम सम्पन्न

चैत्र २८ काठमाडौ :- बागमती प्रदेश सरकार सुशासन केन्द्र र फेडरलिजम् एण्ड लोकलाईजेसन सेन्टरको संयुक्त आयोजनामा “संघीयताको कसीमा तहगत अन्तरसम्बन्ध” विषयक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले अन्तर प्रदेश    परिषदलाई प्रभावकारी बनाउनु पर्छ भन्नुभयो। वहाँले संघीयतामा वित्तीय संघीयता कमजोर रहेको स्विकार्नु भयो। प्रदेश सरकारको नेतृत्व दोस्रो तहका मुख्य नेताह रुले गर्नु पर्दथ्यो भन्ने तलको सुझाव  जायज छन्। हाम्रो पार्टी एमालेले सुरुमा राम्रो निर्णय गरेको थियो। म र शंकर पोखरेल मुख्यमन्त्री बन्न गएका थियौं। पछि त सबै पार्टीले मनन गरेनन्। प्रदेशबाट आएका सुझाब मुताविक हामीले संघ र प्रदेशका मन्त्रालय संख्या  घटाउने बिषयमा सोचिरहेको बताउनु भयो।

कार्यक्रमका विशिष्ट अतिथ कानुन तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले संघीयता उत्तम व्यवस्था हो। यसले बहिस्करणमा पारिएका जाती, वर्ग, क्षेत्र, लिङ्गले आफ्नो अधिकार पाएका छन् । यस व्यवस्था भित्रका कमि कमजोरी हटाइ सुशासन कायम गर्ने र भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्ने सके यहि प्रणाली संसारको उन्नत प्रणाली हो। विकल्पको कुराहरु बेमौसमी बाजा भएको बताउनु भयो।

कार्यक्रममा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा, संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम ग्याल्जेन शेर्पा, बागमती प्रदेश सरकारका मन्त्री मदुकुमार श्रेष्ठ, उपसभामुख अपसरा चापागाईं, पुर्व मन्त्री तथा सांसदहरू, नेपाल नगरपालिका संघका महासचिव नरुलाल चौधरी, नेपाल सरकारका कानुन तथा संसदीय मामिला सचिव उदय सापकोटा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका निमित्त सचिव कालीप्रसाद पराजुली, बागमती प्रदेश सरकारका प्रमुख सचिव माहादेव पन्थ, नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरु लगायतको सुझाव एवम् सहभागिता रहेको थियो।

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरेशचन्द्र लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा “प्रदेशका सवालहरु” बिषयमा आयोजक  संस्थाका सदस्य तथा पुर्व सांसद पार्वती रावल र संविधानसभा सदस्य प्रह्लाद लामिछानेले प्रस्तुतिकरण गर्नुभएको थियो भने स्थानीय तहका सवालहरुमा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरि र तहगत अन्तरसम्बन्धका बारेमा आयोजक संस्था फेडरलिजम् एण्ड लोकलाईजेसन सेन्टरका अध्यक्ष तथा पुर्व सांसद डा. खिमलाल देवकोटाले प्रस्तुति गर्नुभएको थियोे। ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा आयोजित छलफल कार्यक्रममा स्वागत मन्तव्य आयोजकका तर्फबाट प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक गोपालकृष्ण न्यौपानेले गर्नु भएको थियो भने कार्यक्रम संचालन फेडरलिजम् एण्ड लोकलाईजेसन सेन्टरका कार्यकारी निर्देशक पुर्व सांसद प्रकाश पन्थले गर्नु भएको थियोे।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.